सिलगुडीको पोखरा नाइटमा पर्यटन प्रबद्र्धन र मनोरञ्जन

सिलगुडी(भारत), २४ माघ /ʿचिटिक्कै भाछु रे, पोते र चुराले………….ʾ गीतसँगै भारतको सिलगुडीमा आयोजित बंगाल ट्राभल मार्ट अन्तर्गतको पोखरा नाइटमा बुधबार साँझ चार देशका पर्यटन व्यवसायी रमाए नै, छमछमी नाँचे पनि ।

मित्रराष्ट्र भारतका उत्तरपूर्वी ६ वटा राज्यका पर्यटन व्यवसाय सञ्चालन गर्ने व्यवसायीको छाता संगठन इस्टर्न हिमालय ट्राभल एण्ड टुर अपरेटर एशोसिएसनको आयोजनामा मंगलबारदेखि सुरु मार्टमा हिजो साँझ आयोजित पोखरा नाइटले सहभागीलाई मनोरञ्जन त दियो नै पर्यटन प्रवद्र्धनका लागि पनि महत्वपूर्ण स्थल बन्यो ।

आयोजक भारत सहित छिमेकी राष्ट्रहरू नेपाल, बंगलादेश र भुटानका पर्यटन व्यवसायी सहभागी मार्टको पोखरा नाइटमा सांस्कृतिक कार्यक्रमका अलावा पोखरा र आसपासमा रमणीय पर्यटकीय स्थल एवम् गतिविधिका विभिन्न दृश्य पर्दामा देखाइएको थियो । पर्दामा माछापुच्छ«े, अन्नपूर्ण लगायतका हिम श्रृङखला, सराङकोटबाट चरा झैं उडेका प्याराग्लाइडिङ, फेवातालको डुङ्गा शयर, बन्जी जम्प, जीप फ्लाइ, पदयात्रा आदिका मनोरम दृश्यहरू देखाइरहँदा सहभागी विशेषतः मित्रराष्ट्रका पर्यटक लोभिएका देखिन्थे ।

पोखरा नाइटलाई निकै अभिरुचिका साथ हेरिरहेका भारतीय नागरिक भरतराज शर्माले नेपाली संस्कृति र पोखराका पर्यटकीय दृश्यले आँफूलाई निकै लोभ्याएको बताउनुभयो । “अहिलेसम्म पोखरा गएको त छैन, सुन्न धेरै सुनेको छु,” उहाँले भन्नुभयो, “यी सबै दृश्य देख्दा एक पटक पुग्नै पर्ने जस्तो देखियो, एक पटक परिवार सहित पुग्छु ।”

पोखरा नाइटमा पोखरा र त्यहाँका संस्कृतिका विविध पक्ष बारे जानकारी गराइरहँदा पोखरेली पर्यटन व्यवसायी र अन्य देशका पर्यटन व्यवसायीबीच भिजिटिङ कार्ड आदानप्रदान गर्दै व्यवसायिक साझेदारीमा पहल समेत भएको देखिन्थ्यो । वेलकम पोखरा टुर्स एण्ड ट्राभल्सका प्रोपाइटर एवम् गाउँ पर्यटन प्रवद्र्धन मञ्च(भिटोफ) गण्डकी प्रदेशका अध्यक्ष रविन्द्रराज पौडेलले पोखरा नाइट छिमेकी राष्ट्रका पर्यटन व्यवसायीबीच आत्मीय सम्बन्ध कायम गराउन महत्वपूर्ण बनेको धारणा राख्नुभयो ।

मार्टमा भुटानका तर्फबाट सहभागी जयगाउँ टुरिज्म वेलफेयर सोसाइटी, भुटानका उपाध्यक्ष अनिल क्षेत्रीले पोखरा प्राकृतिक रुपमा अत्यन्त सुन्दर रहेको चर्चा गर्दै यसको सुन्दरतालाई जोगाउनु अपरिहार्य भएको बताउनुभयो । “म पर्यटकीय सिलसिलामा नै पटक पटक पोखरा पुगेको छु, त्यहाँको सुन्दरता निकै मनमोहक छ,” उहाँले भन्नुभयो, “पोखरामा सरसफाई, वातवरणीय स्वच्छता कायम गर्दै ट्राफिक व्यवस्थापनलाई चुस्त दुरुस्त बनाउनु आवश्यक देखिन्छ ।”

राम्रो व्यवस्थापन गर्न सके पोखरा सहित नेपालको समग्र पर्यटकीय विकासमा धेरै सम्भावना रहेको उहाँले बताउनुभयो । पोखराको पर्यटनको पहुँचलाई अन्तराष्ट्रिय बजारमा पु¥याउने लक्ष्यका साथ उत्तरपूर्वी भारतमा विगत केही वर्ष यता यस किसिमका प्रवद्र्धनात्मक कार्यक्रम गर्दै आइएको पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जिवि पोखरेलले जानकारी दिनुभयो ।

मार्टमा सहभागीतासँगै पर्यटकीय साझेदारीका लागि विभिन्न देशका पर्यटन व्यवसायीसँग विटुवि भएको र पोखरासँगको आत्मीयता बढाउन पोखरा नाइट आयोजना गरिएको उहाँले बताउनुभयो । “पोखराका विविध पक्ष बारे जानकारी गराउँदै नेपाली संस्कृति प्रस्तुत गर्ने विशिष्ट मञ्चका रुपमा हामीले पोखरा नाइट कार्यक्रम राखेका हौं,” उहाँले थप्नुभयोे, “यो नाइट विदेशी राष्ट्रका पर्यटन व्यवसायीसँग पर्यटन साझेदारी गर्न र पोखरालाई चिनाउन अत्यन्त उपयोगी बनेको छ ।”

पोखरा नाइटमा नेपालमा पछिल्लो समय चलेको सालको पात टपरी हुने, हे बरै नहुनी सल्लैको………, कुटुमा कुटु सुपारी दाना………., बेहुला बनाउँछु भन्थी…….., रेशम फिरिरि……. जस्ता नेपाली गीत प्रस्तुत गरिएको थियो । प्रत्येक गीतमा नाँच्नेको तँछाडमछाड थियो नै बीच बीचमा पोखरासँगको पर्यटकीय साझेदारीका चर्चा पनि भैरहेका थिए ।

उत्तरपूर्व भारतसँगै भुटान, बंगलादेश जस्ता राष्ट्रहरू भूगोल, धर्म संस्कृति आदिका कारण ती देशसँग नेपालको पर्यटकीय साझेदारीका धेरै सम्भावना रहेको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रबन्धक सूर्य थपलियाले बताउनुभयो । “सिलगुडीमा प्रत्येक वर्ष हुने बंगाल ट्राभल मार्टमा उत्तरपूर्वी भारतका साथै बंगलादेश र भुटानबाट पर्यटन व्यवसाय सम्बद्ध संघ संस्थाको प्रतिनिधित्व हुने गरेको छ” उहाँले भन्नुभयो, “ती देशसँगको पर्यटकीय सम्बन्धलाई बढाउँदै आपसी सहकार्य बढाउन पोखरा सहित समग्र नेपालका लागि मार्ट महत्वपूर्ण मञ्च हो ।”

मार्टमा पोखराको उपस्थितिका साथै यही मञ्चको उपयोग गरी पोखरा नाइट गरिनु आँफैंमा महत्वपूर्ण उपलब्धि भएको थपलियाको भनाइ छ ।
मार्टमा सहभागीता सँगै पोखरेली पर्यटन व्यवसायीको टोली पर्यटन प्रवद्र्धनकै कार्यक्रम अन्तर्गत आजदेखि दुई दिनका लागि उत्तरपूर्व भारतकै गुहाटी र आसपासका क्षेत्र जान लागेको कार्यक्रम संयोजक सञ्जयकान्त सिग्देलले जानकारी दिनुभयो ।

कमेन्टहरु
Loading...