पोखरा, २५ असोज/ विजयादशमी अवसरमा पोखरा–तानसेन पर्यटक बस सुविधा सुरु भएको छ । पाल्पाली समाजको पहल र तानसेन
नगरपालिकाको समन्वयमा संजोग ट्राभल्स प्रालिले पर्यटक बस सुविधा दिएको हो ।
पोखरा पर्यटन बसपार्कदेखि तानसेनका लागि बुधबार बिहान पर्यटक बस छुटेको छ । यस्तै, ठिक सोही समयमा तानसेन टुँडिखेलदेखि
पोखराका लागि संजोगको पर्यटक पोखराका लागि गुड्यो ।
सेवा शुभारम्भ अवसरमा पर्यटन बसपार्कमा आयोजित समारोहमा प्रमुख अतिथि पर्यटन बोर्ड पोखरा वरिष्ठ अधिकृत सूर्य थपलियाले
सेवा सुरुसँगै दुई सहरबीच पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास व्यक्त गरे ।
संजोग ट्राभल्सका अध्यक्ष सनतकुमार श्रेष्ठले अब पोखरा–पाल्पाको पर्यटन प्रवद्र्धन हुने विश्वास व्यक्त गरे । उनले सेवालाई निरन्तरता
दिने प्रतिबद्धता समेत जनाए । कार्यक्रममा पोखरा पर्यटन परिषद् अध्यक्ष चिरञ्जीवी पोखरेल, नाट्टा क्षेत्रीय संघ पोखराका अध्यक्ष सन्तोष
पोखरेलले बस सुविधा निरन्तरताको कामना गर्दै यसले पर्यटन प्रवद्र्धनमा गतिलो टेवा दिने बताए ।
पाल्पाली समाज पोखराका अध्यक्ष कुलप्रसाद घिमिरेले वर्षौदेखिको पाल्पालीको सपना आजदेखि पूरा भएको बताए । उनले सो कार्यमा
सहयोग गर्ने सम्पूर्णमा धन्यवाद दिए । समाजका पूर्व अध्यक्ष एवं सल्लाहकार चिरञ्जीवी श्रेष्ठले समाजको अनुरोधमा संजोगले सेवा
सुरु गरेकोमा धन्यवाद दिए । कार्यक्रम संचालन संचारकर्मी सञ्जय मल्लले गरेका थिए । बसको पहिलो टिकट काट्ने यात्रु अम्बिका
न्यौपानेलाई माला लगाई सम्मान गरियो । पोखरा र तानसेनको दुरी करिब १ सय २० किमीमात्र छ । बस दैनिक बिहान ८ बजे पर्यटक
बसपार्कदेखि छुट्नेछ । समाजले यसअघि गत भदौमा पोखरा–पाल्पाबीच पर्यटन प्रवद्र्धन गर्ने विषयमा तानसेनमा पुगेर सरोकारवाला
निकायबाट अन्तक्र्रिया गरेको थियो । त्यसको पहिलो चरणमा पर्यटक बस सुविधा सुरु भएको हो ।