गाउँमा पर्यटका तान्न पोखरामा होमस्टे मार्ट

सागर राज तिमिल्सिना
पोखरा, २५ चैत /गाउँको प्रचार प्रसार र आय आर्जनको माध्यम बनेको होम स्टेको प्रवद्र्धन गर्दै बसाई सराई न्युनिकरण गर्न पोखरामा शुक्रबार देखि होमस्टे मार्ट तथा कार्यशाला सुरु भएको छ । पर्यटन बोर्डको आयोजनामा दुई दिने होमस्टे सम्बन्धी जानकारी दिने लक्ष्य सहितको कार्यशाला सुरु भएको हो ।

कार्यशाला विशेष गरी गण्डकी र धौलागिरीका २४ वटा होमस्टेका सञ्चालकहरु सहभागी भएका छन् । ‘अब गाँउ फर्काउनुपर्ने अवस्था छ ।’ नेपाल पर्यटन बोर्डका बरिष्ठ अधिकृत एवं होमस्टे मार्ट तथा कार्यशालाका संयोजक सुर्य थपलियाले भने—‘होम स्टेलाई अझ प्रभावकारी बनाउने योजनासहित कार्यशाला गरेका हौ ।’ उनले कार्यक्रमले होमस्टेको विकासमा टेवा पुग्ने बताए ।

आम्दिानको खोजीमा युवाहरु गाउँ तथा शहर पस्नथाले पछि होमस्टेहरु बृद्धा तथा महिलाहरुले मात्रै धान्दै आएका छन् । नेपालमा २०५७ मा स्याङजाको सिरुवारीबाट सुरु भएको होमस्टे अहिले देश भर लहर छाएको छ । गण्डकी र धौलागिरीमा मात्रै अहिले ६५ वटा होम स्टे दर्तामा छन् । भने कास्कीमा मात्रै ३७ वटा रहेछन् । होमस्टे मार्टका प्रचार प्रसार हुदा गाउँमा पर्यटक बढ्ने होमस्टे सञ्चालकहरुको आशा छ ।

भिटोक कास्कीको सह आयोजनामा भएको कार्यशालामा होमस्टेको परिचय, चिनारीयुक्त ब्रोसर तथा प्याकेजका कार्यक्रम सार्वजनिक गरेका छन् । गाउँ गाउँमा पर्यटका लैजान सके आर्थिक क्षेत्रमा सहयोग पुग्ने भिटोक कास्कीका अध्यक्ष तारानाथ पहारीले बताए । अन्नपुर्ण पदयात्रा क्षेत्रमा सम्भाव्ययुक्त गाँउहरुमा होमस्टे शुरुवात भई विदेशी मात्रै नभई आन्तरिक पर्यटकको समेत आकर्षण बढ्दै गएको छ । कार्यशालाबाट ग्रामीण तथा पर्यापर्यटनको विकास र विस्तारमा महत्वपूर्ण योगदान पुग्ने पहारीले बताए ।

पछिल्लो समय सुविधाको खोजी गर्दै गाँउबाट शहर बसाँई सराई निकै बढी छ । होम स्टे मार्फत अब शहर पसेका परिवार तथा पर्यटकलाई गाउँमै फर्काउन सक्ने बातावरण सृजना गर्ने तर्फ कार्यशालाले भूमिका खेल्ने विश्वास सहभागीहरुको छ । कार्यक्रम हुन पुर्व पोखरा लेकसाइडबाट सारङगीको धुन सहित विभिन्न होमस्टेको सास्कृतीक कार्यक्रम देखाउदै ¥याली पर्यटन बोर्डको हलमा पुगेको थियो । कार्यक्रममा विभिन्न व्यक्तिहरुले शुभकामना दिएका थिए ।

कमेन्टहरु
Loading...