घाट्छीदा बराङ्गमा सामुदायिक होमस्टे समिति

पोखरा, १८ असोज / प्रसिद्ध धार्मिक पर्यटकीय स्थल पञ्जासेको प्रबेश द्धारामा रहेको पोखरा २३ घाट्छिदामा होमस्टे संचालनका समिति गठन

भएको छ । बुधबार भएको भेलाले पोखरा २३ घाट्छिदामा छिट्टै नै सामुदायिक होमस्टे संचालनमा ल्याउन धर्मराज पराजुलीको अध्यक्ष्यतामा ११

सदस्सीय होमस्टे संचालन समिति गठन भएको छ । समितिको उपाध्यक्ष्यमा आइती श्री धले, सचिब चेतबहादुर क्षेत्री, कोषाध्यक्ष सारादा भूजेल

चयन भएका छन् । समितिको सदस्यहरूमा दामवहादुर विक, हरिलाल अधिकारी, शन्त वहादुर भूजेल, विण्णु घले, मधु भूजेल र पदम भूजेल

चयन भएका छन् ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर २३ का वडा अध्यक्ष विष्णुप्रसाद पराजुली शुभकामना दिदै पहिले देखिको पर्यटकीय पदमार्गमा

पछिल्लो समय पछि परेको बताए । उनले यस क्षेत्रलाई पहिले कै अवस्थामा फर्काएर स्वदेशी तथा विदेशी पर्यटक ल्याउनु पर्ने बताए । स्थानीय

समाजसेवी दाम वहादुुर विकले आपनो ठाउँ पोखराबाट मात्र १२ किमी टाडा रहेको र यहाँको प्रकृतिक सुन्दरतामा दिनहुँ सयौं पर्यटक आउने तर

पोखरा नै फर्कन पर्ने वाध्यतालाई हटाउन र स्वरोजरको सिर्जना पनि हुने थएकोले पनि आफुहरू होमस्टे प्रति आर्कषित भएको बताए । होम स्टे

एशोसियसन नेपाल गण्डकी प्रदेशका अध्यक्ष हरिलाल पौडेलले होमस्टे संचालनका न्यूनतम मापदण्डको बारेमा बताउदै जातीय विविधता विच

सामाजिक एकता भएको होमस्टे भएकोले पनि यो होमस्टे सफल होमस्टे बन्ने बताए । १५ घरधुरी रहेको उक्त होमस्टे संचालन समिति गठन

कार्यक्रम होमस्टे एशोसियसन नेपाल गण्डकी प्रदेशका सदस्य जीवन कुमार सुनारले गरेका थिए ।

कमेन्टहरु
Loading...