पोखरा उपत्यका बृहत् सफाइ अभियान, ४६ औं हप्ता उत्साहपूर्वक सम्पन्न

पोखरा, ३ वैशाख/नागरिक समाज पोखराको अगुवाईमा जारी रहेको बृहत् पोखरा उपत्यका सरसफाइ अभियानको ४६ औं श्रृखलाअन्तर्गत शनिबार अर्मलाको घट्टेकुना बसपार्कदेखि महेन्द्रगुफासम्म सरसफाइ गरिएको छ । करिब पाँच किलोमिटर दुरीमा भएको सरसफाइमा करिब सात टन फोहोरमैला संकलन गरिएको दीप युनाइटेड क्लबका अध्यक्ष मानकाजी गुरुङले जानकारी दिए ।

सफाइ अभियानमा विभिन्न संघसंस्थाले ऐक्यवद्धता जनाएका छन् । ऐक्यवद्धता जनाउनेमा दीप युनाइटेड क्लब, हिमालय क्लब, मनोहर क्लब, मेरो नेपाल युवा क्लब, अभियान क्लब महिला उपसमिति छन् । त्यस्तै, मुक्तिनाथ विकास बैंक, अर्मलामा क्रियाशील आमा समूह, टोल विकास संस्था, स्थानीय समुदाय, हाम्रो त्रयु स्काउट, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको सुरक्षाकर्मीहरुको उल्लेख्य सहभागिता रहेको अभियन्ता धीरज थापाले बताए ।

यसअघि, कार्यक्रममा पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख÷कार्यकारी अधिकृत दीर्घनारायण पौडेलले उपस्थिति सबैलाई सपथ ग्रहण गराएका थिए भने गण्डकी अञ्चल प्रहरी प्रमुख वरिष्ठ उपरीक्षक विष्णुहरि गौतमले राष्ट्रिय गीत बजाएर कार्यक्रम सुरु गरेका थिए । कार्यक्रममा धन्यवाद ज्ञापन पोखरा लेखनाथ महानगरपालिकाका वरिष्ठ इञ्जिनियर सुरेन्द्र पौडेल गरेका थिए ।

कमेन्टहरु
Loading...