नेपाल भारत मैत्री संघ कास्की साखा गठन हुने

पोखरा २० माग /नेपाल भारत मैत्री संघ नेपालको कास्की साखा गठन हुने भएको छ । राष्ट्रकवि माधव प्रसाद घिमिरेको अध्यक्षतामा विक्रम सम्बवत २०११ मा स्थापना भएको सो संस्था कास्कीमा भने स्थापनाको ५९ बर्षपछि गठन गर्न लागिएको सहजकर्ता एवं नेपाली काँग्रेस कास्कीका पुर्व कोषाध्यक्ष रिषी साप्कोटाले जानकारी दिएका छन् । उनका अनुसार अहिले सम्म संघका देशभर ७० जिल्लामा साखा गठन भइसकेका छन् । भारत र नेपालको सम्बन्ध जनस्तर सम्म मजबुद बनाउन गठीत मैत्री संघको २०३८मा विधान निर्माण भएको थियो । विधानमा एउटा जिल्लामा ५१ जना सदस्य भएपछि साखा गठन गर्न पाउने ब्यवस्था गरिएको छ । कार्यक्रम नेपाल भारत मैत्रि संघका केन्द्रिय अध्यक्ष ओम प्रकास श्रावगीको अध्यक्षतामा हुने साप्कोटाले जानकारी दिएका छन् । साखा २१ सदस्यीय हुने जनाइएको छ ।

कमेन्टहरु
Loading...