सन् २०१८ लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने

काठमाडौं, २६ वैशाख/सरकारले आगामी सन् २०१८ लाई नेपाल भ्रमण वर्षको रूपमा मनाउने घोषणा गरेको छ ।
राष्ट्रपति विद्या भण्डारीद्वारा आइतबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सन् २०१८ लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेकी हुन्। यस्तै उनले १० लाख पर्यटक भित्राउने योजना पनि सार्वजनिक गरेकी छन्।

पर्यटन क्षेत्रको विकासका लागि ७३ साललाई आन्तरिक पर्यटन वर्षको रुपमा मनाउँदै पर्वतीय पर्यटनलाई बढवा दिने नीति तथा कार्यक्रममा छ । त्यसैगरी प्रत्येक प्रदेशमा ऐतिहासिक क्षेत्रलाई संरक्षण गर्न एक प्रदेश एक संग्रहालयको व्यवस्था गरिने भएको छ।

कमेन्टहरु
Loading...