मुक्तिनाथ विकास बैंकद्वारा आस्वा अनुमति

पोखरा, ९ माघ/मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्नो केन्द्रीय कार्यालय पोखरा कास्कीबाट कमलादी काठमाण्डौमा सर्नै लागेको वखत आस्वा (ASBA) को अनुमति पाएको छ ।

यस विकास बैँकको हाल सञ्चालनमा रहेका ४७ वटा कार्यालयहरुबाट यो सेवा प्रदान गरिने छ । यस विकास बैँकको अधिकाँश शाखाहरु ग्रामीण र दुर्गम क्षेत्रमा रहेकोले सो भेगमा वस्ने नागरिकहरुले यो सेवा प्राप्त गर्ने छन् । हाल सञ्चालनमा रहेका यस विकास बैँकका ४ वटा सीमित बैँकिङ्ग कार्यालयहरुबाट समेत यो सेवा सीघ्र प्रदान गरिने पहल भै रहको छ ।

यस विकास बैँकले हाल काठमाण्डौको कमलादी, पर्साको वीरगञ्ज, धादिङ्गको आदमघाट र ओखलढुँगाको सिद्धिचरणबाट कारोबार शुरु गरी सकेको छ भने केन्द्रीय कार्यालय कमलादी काठमाण्डौमा केही दिन भित्रमा सञ्चालनमा ल्याईने बैंकका प्रमुख कार्यकारी अधिकृत भरतराज ढकालले जानकारी दिए ।

कमेन्टहरु
Loading...