सवारी लाइसेन्स शुल्क धेरै नै बढ्यो

काठमाडौँ, ३ साउन/यातायात व्यवस्था विभागले साउन २ गतेदेखि लागू हुनेगरी सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० को आवेदन दस्तुर, नयाँ, नवीकरण र प्रतिलिपी शुल्कमा धेरै नै वृद्धि गरेको छ।

चालक अनुमतिपत्र, लाइसेन्स
चालक अनुमतिपत्र, लाइसेन्स

यातायात व्यवस्था कार्यालयले आइतबारदेखि लाइसेन्स लिन लिखित परीक्षाको फारम शुल्क २ सय रुपैयाँबाट बढाएर ५ सय रुपैयाँ बनाएको बताए। त्यस्तै दुई पाङ्ग्रे सवारी साधनको लाईसेन्स लिँदा र नवीकरण गर्दा लाग्ने ७ सय रुपैयाँ बढाएर १५ सय रुपैयाँ बनाइएको छ।

कार, जिप, डेलिभरी भ्यानको १ हजार रुपैयाँ बढाएर २ हजार रुपैयाँ लागू गरेको पनि उप्रेतीले बताए। त्यस्तै मिनीबस, मिनी ट्रकको १५ सय रुपैयाँबाट वृद्धि गर्दै २५ सय रुपैयाँ र ठूला सवारी साधनको लाइसेन्स लिँदा लाग्ने पुरानो शुल्क २ हजार रुपैयाँ बढाएर ३ हजार रुपैयाँ लागू गरेको कार्यालयले जानकारी दिएको छ । त्यस्तै प्रतिलिपी लाईसेन्स दिँदा लाग्ने १ सय रुपैयाँ पनि बढाएर ५ सय रुपैयाँ बनाएको छ ।

कमेन्टहरु
Loading...