प्रदेश ४ को नाम गण्डकी प्रदेश

सागर राज तिमिल्सिना
पोखरा, २१ असार /प्रदेश ४ को नाम गण्डकी प्रदेश प्रस्ताब भएको छ । प्रदेश ४ को बिहीबारको संसद बैठकमा नेपाल कम्युनिस्ट पार्टीको सांसद मायानाथ अधिकारीले प्रदेशको नामको बारेमा छलफल गर्न प्रस्ताब पेस गरेका थिए । छलफलमा भाग लिदै नेपाली काग्रेसका संसदीय दलका नेता कृष्णचन्द्र पोख्रेलले सबै जातजातीको पहिचान झल्किने नाम गण्डकी नै भएको बताए । उनले सबैको साझा नाम गण्डकी भएको भन्दै नेपाली काग्रेसले पहिले देखी नै गण्डकी नाम राख्न सुझाएको बताए ।

त्यसै गरी जनर्मोचाका सांसद कृष्ण थापाले जानको आधारमा प्रदेशको नाम राख्न कठिने हुने बताए । उनले नेपालमा जम्मा ७ प्रदेश भएको र १ सय ५ जातीहरु भएका कारण नमिल्दो कुरा कसैले पनि गर्न नहुने बताए । नयाँ शक्ति पार्टीका सांसद हरीशरण आर्चायले गण्डकी सगँ तमुवान पनि राख्नु पर्ने सुझाब प्रस्तुत गरे ।

१६ जना सांसदले भाग छलफलमा भाग लिदै गण्डकी प्रदेश नाम राख्न सुझाब दिएका थिए । मंगलबार बाटै नामको बारेमा छलफल हुने भनिए पनि नेपाल कम्युनिस्ट पार्टीमा विवाद भए विषेश कारण देखाउदै संसद दुई स्थगित भएको थियो ।

नेकपाले निर्णय गरेसँगै नयाँशक्ति बाहेक सबै दलले गण्डकीको पक्षमा उभिएका छन् । ५९ जना सांसदको प्रतिनिधित्व गरेको संसदमा नयाँ शक्तिका २ जना सांसद छन् । नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा गण्डकीकै पक्षमा छन् । नेकपाभित्र भने तमुवान मगरात, गण्डकी तमुवान वा गण्डकी भन्ने विषयमा दलभित्रै मत विभाजन थियो ।

प्रदेशको राजधानी र नामांकनबारेको समितिले बुझाएको प्रतिवेदन प्रदेश सभामा १० असारमा टेबुल भइसकेको थियो । प्रतिवेदनमा क्रमशः गण्डकी, तमुवान मगराँत, गोरखा र धौलागिरि नाम राख्न सुझाव दिइएको छ ।

कमेन्टहरु
Loading...