‘ईक्यान शैक्षिक मेला’ को तयारी तीब्र

पोखरा, ११ पुस/नेपाल शैक्षिक परामर्श संघ (ईक्यान) कास्कीले आयोजन गर्न लागेको चौथो ईक्यान शैक्षिक मेलाको तयारी तीव्र पारेको छ । उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई लक्षित गर्दै विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि पोखरामा पुस २७ देखि २९ गते सम्म मेला आयोजना हुन लागेको हो । ‘इक्यान शैक्षिक मेला’ मा स्वदेश तथा विदेशका कलेज तथा विश्वविद्यालयका आधिकारीक प्रतिनिधिहरुसंग विद्यार्थी तथा उनका अभिभावकले जानकारी लिन पाउने छन् ।

‘विद्यार्थी र अभिभावकले प्रत्यक्ष भेटि प्रतिनिधिसगँ जानकारी लिन पाउने छन्,’ नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीका अध्यक्ष मिलन तिवारीले भने । पोखरा सभागृहमा हुने चौथो इक्यान शैक्षिक मेलामा विद्यार्थीलाई जानकारी दिनका लागि ४५ वटा स्टलबाट विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरुले परार्मश दिने छन् तिवारीले भने । मेला अवधिभर पोखरा र पश्चिमाञ्चल क्षेत्रका विद्यार्थीहरु र अभिभावकहरुको सहभागिता उल्लेख्य रहने आयोजकको अपेक्षा छ ।

मेलामा शैक्षिक परामर्श दिने व्यवसायीहरु अष्ट्रेलीया, न्युजील्याण्ड, युके, अमेरीका, डेनमार्क, जापान, जर्मन, नर्वे, स्वीडेन, फिनल्याण्ड लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारीक प्रतिनिधिहरुको सहभागीता रहने मेलाका प्रचारप्रसार संयोजक पुर्ण न्यौपानले जानकारी दिए । तीन दिने मेलामा विद्यार्थीहरुले देशी तथा विदेशी थुप्रै कलेज तथा विश्वविद्यालयका बारेमा परामर्श लिन सक्नेछन् ।

मेलामा विदेशमा अध्ययन गर्न चाहने विद्यार्थी तथा अभिभावकलाई सम्बन्धीत देशको विद्यार्थी भिसा प्रणाली, वित्तिय कागजात र अन्य आवश्यकीय कागजपत्र लगायतका विभिन्न विषयमा परार्मश प्रदान गरिने ईक्यान कास्की सचिव भुवन क्षेत्रीले जानकारी दिए । साथै सम्बन्धीत देशका कलेज तथा विश्वविद्यालयहरुको समग्र शैक्षिक स्थिती र भर्ना प्रक्रियाको बारेमा जानकारी दिइने क्षेत्रीले बताए । नमस्ते इन्स्टिच्युटको प्रस्तुतिमा हुने मेलाको टाइटल स्पोन्सर मिराकल इस्टिच्युट, एशोसिएट पार्टनर बेकन प्रिमियर इन्टरनेसनल एजुकेसन र मुख्य प्रायोजक थर्ड आई रिसर्च सेन्टर रहेका छन् ।

त्यसै गरि सपोर्टेट बाईमा डेल्टा एजुकेयर नेपाल छ भने पावड्बाइमा कुइन्सर्फोड कलेज रहेको छ । मेलाको अन्य प्रायोजकमा किङ फिसर एजुकेसन कन्सल्टेन्सी, मिराई एजुकेसन कन्सल्टेन्सी, बर्नहर्ट एजुकेसन कन्सल्टेन्सी, लेट्स एजुकेसन कन्सल्टेन्सी, ट्रिनिटी एजुकेसन फाउन्डेसन, एजुकेसनल स्टडी लिंक, युनिस्टार एजुकेसन, एक्स्पर्ट एजुकेसन एन्ड भिसा सर्भिसेज, टार्गेट इन्टरनेसल एजुकेसन र एक्सल पोखरा एजुकेसन कन्सल्टेन्सी र ट्राभल्स पाट्र्नसमा इन्जोय नेपाल टुर एण्ड ट्राभल्स छन् । त्यसै गरि होटल पार्टनमा रानीवन अर्किड, आइटि पार्टनरमा बाराही इन्टरनेट टेक्नोलोजि प्रालि, अफिसियल बैंकमा प्रभु बैंक रहेका छन् ।

यस्तै अफिसियल मिडिया समाधान राष्ट्रिय दैनिक, फेवा टेलिभिजन, अन्नपुर्ण एफएम, गन्थन डटकम र जक्सन डटकम रहेका छन् । मेला सम्पन्न गर्न उपाध्यक्ष रमेश थापाको संयोजकत्वमा देवराज शर्मा र बालचन्द्र परियार सदस्य रहेको मुल आयोजक समिति गठन गरिएको छ । त्यसै गरि वित्तिय व्यवसथापन उपसमितिको संयोजकमा रुद्र प्रसाद अर्याल, बालचन्द्र परियारको संयोजकत्वमा स्टललेआउट उपसमिति, पुर्ण न्यौपानेको संयोजकत्वमा प्रचारप्रसार उपसमिति र भुवन क्षेत्रीको संयोजकतवमा सचिवालय व्यवस्थापन उपसमिति गठन गरिएको मुल समितिका संयोजक रमेश थापाले जानकारी दिए ।

पश्चिमाञ्चल क्षेत्रबाट वर्षेनी १ हजार भन्दा बढि विद्यार्थीहरु उच्चशिक्षा अध्ययनका लागि विदेश जाने गरेको तथ्याङ्क छ । पोखरा र वरपर करिब २ सय वटा शैक्षिक परार्मश दातृसंस्थाहरु संचालनमा भए पनि शिक्षामन्त्रालयमा २७ वटाले मात्रै सेवा संचालनको मान्यता प्राप्त गरेका छन् ।

कमेन्टहरु
Loading...