विप्लप र सरकार दुबै लुटेरा – नेता केसी

जेलबाट सिके राउतलाई छुटाएर ११ बुँदे सहमती गर्नु नाटकिय रुप भएको आरोप

पोखरा, ३० फागुन / नेपाली काग्रेसका केन्द्रिय सदस्य अर्जुन नरसिंह केसीले विप्लप माओवादी र सरकार दुबै लुटेरा भएको आरोप लगाएका छन् । विप्लप समुहले बन्दुकको नाममा र सरकारले सत्ताको आडमा देश लुटेको आरोप लगाए । प्रेस युनियन कास्कीले पोखरामा बिहीबार आयोजना गरेको पत्रकार सम्लेनमा उनले विप्लप माओवादीले सरकारले प्रतिबन्ध लगाएर देशलाई नयाँ द्धन्दमा धकेलेको बताए ।

उनले विप्लवका गतिविधी माथी प्रतिवन्ध लगाएपनि पार्टी माथी प्रतिबन्ध लगाउनु अलोकतान्त्रिक प्रक्रिया भएको बताए । पूर्व मन्त्री समेत रहेका केसीले जनताको सुरक्षा र स्वतन्त्रता गर्ने दायित्व सरकारको हो कानुन अनुसार विप्लप समुहलाई कारवाही गर्नु पर्ने बताए । तर पार्टीमाथी प्रतिबन्ध गर्नुहुदैन ।

उनले विप्लव समुहको गतिविधि माथि हो वा पार्टीमाथि हो सरकारले स्पस्ट गर्न जरुरी रहेको बताए । उनले विप्लव समूहलाई सरकारले वार्ता र छलफलको माध्यमवाट राजनीतिक मूलधारमा ल्याउनु पर्ने बताए ।

सरकारले जेलबाट सिके राउतलाई छुटाएर ११ बुँदे सहमती गर्नु नाटकिय रुप भएको आरोप लगाए । उनले सम्झौतामा सिके राउतले प्रधानमन्त्री ओलीलाई प्रयोग गरे । सिके राउतको सहमतीपत्रको विरुद्ध नेपाल विद्याथी संघले आन्दोलनको सुरुवातको गरेको बताए ।

केपी नेतृत्वको सरकारले शान्ति सुरक्षा, महंगी, भ्रष्टाचार नियन्त्रण गर्न नसकेको आरोप लगाए । सरकारले विकास निर्माण, रोजगारी, समृद्धि दिन सकेको छैन, यो सरकार पूर्ण रुपमा असफल भइसक्यो उनको भनाई थियो । वाईडवडी भ्रष्टचारी जुन पार्टीको भएपनि छोड्न नहुने बताए ।

कमेन्टहरु
Loading...