भलाममा एम्बुलेन्स सेवा शुरु

पोखरा, २० मंसिर ।पोखरा उपमहानगरपालिका वडा नं.२० भलाममा भारत सरकारद्वारा सहयोग प्राप्त अत्याधुनिक एम्बुलेन्स सेवा शुरुवात भएको छ । भलाम क्षेत्रमा रहेका १ सय ५० भन्दा बढी भूपूहरुको आग्रहमा भरतीय गणतन्त्र दिवसको अवसरमा नेपाली मूल्य ५५ लाख पर्ने टाटा कम्पनीको अत्याधुनिक एम्बुलेन्स गाडी तत्कालिन भलाम गा.वि.स.लाई प्रदान भएता पनि हाल भलामलाई पोखरा उपमहानगरपालिकामा गाभेपछि सो एम्बुलेन्स संचालनको सम्पूर्ण जिम्मेवारी भूपू सैनिक एम्बुलेन्स समिति मार्फत पोखराको उत्तरी भेगका बासिन्दालाई स्वास्थ्य सेवा दिन उम्बुलेन्स प्रभावकारी रहने समितिका अध्यक्ष क्या.गंगा बहादुर खत्रीले बताए ।

localhost/websites/bibek
ganthan.com

एम्बुलेनस संचालनमा हाल पोखरा उपमहानगरपालिकाको नाउँमा दर्ता भई सम्पूर्ण खर्च व्यवस्थापन पोखरा नगरले गर्ने गरी संचालन जिम्मेवारी संचालक समितिलाई दिएको कार्यकारी अधिकृत नवराज ढुङ्गानाले बताए । पोखरामा हाल २८ वा वार्ड कार्यालय रहेता पनि नगरपालिकाको एम्बुलेन्स नरहेको अवस्थामा भलाममा एम्बुलेन्स सेवा शुरु हुनु सकारात्मक सेवामूलक कार्य भएको कार्यकारी ढुङ्गानाले बताए । सो एम्बुलेन्स तथा स्थानीय बाट निर्माण गरिएको ग्यारेजको कार्यकारी अधिकृत ढुङ्गानाले उद्घाटन गरेका थिए । कार्यक्रममा एम्बुलेन्स ग्यारेज निर्माणमा सहयोग गर्ने व्यक्ति तथा संघसंस्थाहरुलाई सम्मान गरिएको थियो ।

कमेन्टहरु
Loading...