सहकारी अन्तर कर्मचारी ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

पोखरा । स्वास्थ्यको लागि खेलकुद भन्ने मूल नाराका साथ पोखरा रोयल बचत तथा ऋण सहकारीको कर्मचारीहरु बीच एक दिवसीय पूरुष तथा महिला एकल ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।

पोखराको नयाँगाँउमा रहेको ब्रिटिस गोर्खा ट्रेनिड। सेन्टरको ब्याडमिन्टन हलमा सम्पन्न भएको प्रतियोगितामा पुरुषतर्फ १६ जना र महिला तर्फ १० जना कर्मचारीको सहभागिता रहेको थियो । प्रतियोगितामा पुरुष एकल तर्फ संस्थाका प्रमुख कार्यकारी अधिकृत भीम गुरुङ प्रथम र सुपरिवेक्षक बिजय गुरुङ द्धितिय र महिला तर्फ सहायक सोनिका आले प्रथम र सहायक समिता गुरुङ द्धितिय हुन सफल भएका थिए ।

विजयी कर्मचारीहरुलाई संस्थाका अध्यक्ष रुद्रकुमारी गुरुङ र मूख्य प्रवन्धक मीलन ढकालले प्रमाण पत्र, मेडल र गिफ्ट भौचर प्रदान गरेकी थिइन् । यसै क्रममा अध्यक्ष गुरुङले खेलकूदले कर्मचारी बीच भाईचाराको सम्वन्ध विकास हुनका साथै मानसिक थकान कम हुने र शारिरिक स्वास्थ्यमा मद्धत गर्ने बताइन् ।

प्रतियोगिता तथा समापन कार्यक्रम संस्थाका अधिकृत तथा खेल संयोजक अभिषेक गुरुङले सञ्चालन गरेका थिए । पोखरा रोयल वचत तथा ऋण सहकारीले कर्मचारीहरुको मानसिक तथा शारिरिक स्वास्थ्यको लागि समय समयमा विविध खाले खेलकुद तथा मनोरञ्जनका कार्यक्रमहरु सञ्चालन गर्दै आईरहेको संस्थाका सूचना अधिकारी मीलन ढकालले बताए ।

 

कमेन्टहरु
Loading...