विमान चार्टर गरि चिनियाँ धावकसहितको टोली पोखरामा

पोखरामा हुने पोखरा–माउन्टेन क्रस क्रन्टी प्रतियोगितामा सहभागी हुन चिनियाँ धावकसहितको टोली पोखरा आइपुगेको छ । मंसिर ९ गतेदेखि पोखरामा हुन लागेको प्रतियोगितामा सहभागी कुन्मिङबाट हुन १ सय ४ सदस्यीय टोली हिमालयन एयरलायन्समार्फत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार अवतरण गरेको हो ।

टोलीमा आएका सदस्यहरुलाई नेपाल स्थित चिनीया राजदुत छेन सोङ, पोखरा उपमहानगर पालिकाका नगरप्रमुख धनराज आचार्य र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले स्वागत गर्नु भएको थियो । टोलीमा ७३ खेलाडी, १७ जना स्वास्थ्यकर्मी र बाँकी प्राविधिक तथा चिनियाँ पर्यटक छन् ।
बिहीबार पोखरामा भएको यो उडानमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछिको पाँचौं अन्तर्राष्ट्रिय उडान हो । नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका र चिनिया दूतावासको आयोजना र होटल संघ पोखरा, युनाज माउन्टेनियरिङ एसोसिएसनको संयोजनमा प्रतियोगिता हुँदै छ ।
टोली, व्यक्तिगत, विद्यार्थी र लभ रन गरी चार विधामा नेपाली र चिनियाँ खेलाडीको सहभागिता रहने प्रतियोगितामा ६० खेलाडी, नेपाल र चीनका १०–१० टोली रहेका छन् भने १० टोलीबाट ३–३ जनाले दौड गर्नेछन् । ४० किलोमिटर दुरीको दौड शनिबार हुने प्रतियोगिता फेवातालमा दौड (२२ किमी), साइकल (१७ किमी) र डुङ्गा (१ किमी) को मिश्रणमा हुनेछ जसमा टिम विधाका सबै सहभागीले प्रतिस्पर्धा गर्नुपर्नेछ । बाराहीघाटबाट सुरु हुँदैछ। फेवाताल र विभिन्न ठाउँ हुँदै सहभागीहरूले फेरी डुङ्गा चढेर अन्तिम विन्दु बाराहीघाट पुग्नुपर्नेछ ।
त्यसैगरी व्यक्तिगत विधामा ३८ किलोमिटर दुरीका १४० खेलाडीबीच प्रतिस्पर्धा हुनेछ भने विद्यार्थी तथा सर्वसाधारणको सहभागिताका लागि ५ किलोमिटरको दौड पनि एक विधा हो । टिम विधामा प्रथम, द्वितीय, तृतीय, चौथो र पाँचौ हुनेलाई नगद ३ लाख ६० हजार, २ लाख ८८ हजार, २ लाख १६ हजार, १ लाख ४४ हजार र ९ हजार नगद पुरस्कार प्रदान गरिने छ । व्यक्तिगत प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय विजेताले १ लाख ४४ हजार, १ लाख ८ हजार ५४ हजार पुरस्कार प्राप्त गर्नेछन् ।यस विधामा कुल १० जना विजेताले पुरस्कार पाउनेछन् । लभ रनको सबै योगदान प्रधानमन्त्री कोषबाट हालैका भूकम्पपीडितलाई राहतका लागि दान गरिनेछ ।
प्रतियोगिता शनिबार बिहान साढे ७ बजे लेकसाइडको बाराही घाटबाटसुरु हुनेछ । टिम इभेन्टतर्फ २० टोलीबिच प्रतिस्पर्धा हुनेछ । जसमा ६० जना प्रतियोगी सहभागी हुनेछन् । यसमा दौड, साइक्लिङ र बोटिङ गर्दै ४० किलोमिटर पार गर्नुपर्ने हुन्छ । यस्तै, इन्डिभिजुअल इभेन्टतर्फ ३८ किलोमिटरमा एक सय ४० जना प्रतियोगीबिच प्रतिस्पर्धा हुनेछ । यस्तै, पाँच किमीको ह्यापी रनतर्फ सर्वसाधारण प्रतियोगी सहभागी हुने छन् ।
टिम इभेन्टको प्रथम पुरस्कार ३ लाख ६० हजार, दोस्रो पुरस्कार २ लाख ८८ हजार, तेस्रो पुरस्कार २ लाख १६ हजार, चौथौ पुरस्कार १ लाख ४४ हजार र पाँचौं पुरस्कार ९० हजार छ । यस्तै, इन्डिभिजुअलतर्फ प्रथम १ लाख ४४ हजार, दोस्रो १ लाख आठ हजार, तेस्रो ५४ हजार, चौथौं १८ हजार र पाँचौले ९ हजार पाउने छन् ।
सन् २०१९ मा पोखरामा पहिलो पटक आयोजना भएको दौड कोभिड–१९ को समयमा रोकिएको थियो, अब यो कार्यक्रम पुनः सुचारु भएसँगै पोखरामा चिनियाँ पर्यटकको आगमन बढ्ने र पोखराको पर्यटनलाई विश्वभर साहसिक गन्तव्यका रूपमा विकास गर्ने अपेक्षा गरिएको बोर्डका कार्यकारी प्रमुख डा. रेग्मीले बताए ।

कमेन्टहरु
Loading...