लैङ्गिक हिंसा घरपरिवार बाट नै धेरै हुनेः बिना सिलवाल

गन्थन संवाददाता । लैङ्गिक हिंसा घरपरिवार बाट नै धेरै हुने गरेको गैह्र सरकारी संस्था (गैसस) महासंघ गण्डकी प्रदेशकी अध्यक्ष बिना सिलवालले बताएकी छिन् । राष्ट्रिय मानव अधिकार आयोगले आज पोखरामा आयोजना गरेको मानव अधिकारमैत्री पत्रकारीता तालिममा पत्रकारलाई प्रशिक्षण गराउँदै यस्तो बताएकी हुन् । महिला हिंसा घरपरिवारपछि सार्वजनिक कार्यस्थल, शैक्षिक प्रतिस्ठान तथा स्वास्थ केन्द्रमा हुने गरेको उनको भनाई थियो ।

महिला हिंसाका कारण धेरै महिलाहरुमा आत्महत्याको सोच बढेको र पछिल्लो समय आत्महत्याको दर पनि बढेको बताइन् । सम्बन्धित निकायले आत्महत्या गर्ने दर किन यसरी बढ्दो छ र यसमा कुनै अनुसन्धान नै नगरेका कारण न्युनीकरण नभएको उनले बताइन् । गरिबीका कारण पनि आत्महत्या गर्नेको दर बढेको उनको भनाई थियो ।

उनका अनुसार पछिल्लो ६ महिनाको अवस्थालाई हेर्ने हो भने बलात्कार ३१ जनामा, बाल बिबाह १, बाल यौन दुव्र्यबहार १, शिशु हत्या १, महिला हिंसा ५, घरेलु हिंसा २८, बहु बिबाह १, बलात्कारको प्रयास १ र बेचविखन तथा ओसारपोसार १ जनामा भएको तथ्यांकमा छ ।

साथै हिंसा निराकरणका उपायमा महिला सशक्तिकरणमा प्रदेश स्तरिय प्रष्ट नीति अवलम्वन गर्नुपर्ने, धर्म रीतिरिवाज वा परम्पराका आधारमा यस्तो कार्यलाई दण्डनीय बनाउनुपर्ने, अन्तर्राष्ट्रिय मानव अधिकार सम्वन्धि आधार एवं मापदण्डलाई लागु गर्नुपर्ने, अपराध गर्नेलाई मद्दा चलाउनुपर्ने र मेलमिलापलाई निरुत्साहित गर्नुपर्ने, पिडित पक्षको उपचार र क्षतिपुर्तिलाई अनिवार्य गराउनुपर्ने, बिबाहमा दाइजो पूर्ण रुपमा रोक्नुपर्ने, कानुन नमान्दा आउने परिणाम र पक्रियाबारेमा सबैलाई जानकारी गराउनुपर्ने भएको उनले बताइन् ।

कमेन्टहरु
Loading...