रेवान पोखराको अध्यक्षमा नरेश भट्टराई निर्वाचित

पोखरा । रेवान पोखराको अध्यक्षमा नरेश भट्टराई निर्विरोध निर्वाचित भएका छन् । पोखरामा आज (बिहीबार) सम्पन्न २८ औं वार्षिक साधारण सभा तथा १५ औ अधिवेसनबाट भट्टराईलाई अध्यक्षमा निर्वाचित भएका हुन् ।

त्यस्तै समितिको निवर्तमान अध्यक्षमा लक्ष्मण बराल, प्रथम उपाध्यक्षमा विश्वराज पौडेल, द्वितीय उपाध्यक्षमा वसन्त गौतम, महासचिवमा विकास भट्टराई, कोषध्यक्षमा रोशन जङ कार्की, सचिवमा भीस्मराज पौडेल, सह कोषाध्यक्षमा बैभव पौडेल चयन भएका छन् । समितिका सदस्यहरुमा योगेश भट्टराई, लोक बहादुर गुरुङ, बिष्णु बानियाँ, लोकप्रसाद ढकाल र विरेन्द्र शेरचन चयन भएका छन् ।

कमेन्टहरु
Loading...