रुपा गाउँपालिका कसैको गुट उपगुट गर्ने ठाउ होइनः नवराज ओझा

पोखरा । रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले रुपा गाउँपालिका कसैको गुट उपगुट गर्ने ठाउँ नभएको बताएका छन् । बुधबार साँझ सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले भनेका छन् ‘रुपा गाउँपालिका कसैको गुट उपगुट गर्ने ठाउ होइन । काम गरेर नतिजा निकाल्ने ठाउँ हो, ।’ उनले लेखेका छन् ‘गाउँपालिकाको विषयममा भएको काम पारदर्शी ढंगले गरेका छौँ । केही लागे अहिले मात्र होइन सात पुस्तासम्म हेरे हुन्छ कहीँकतै चुक्ने काम गरेका छैनौँ र गर्ने पनि छैनौँ ।’

यो स्टाटस उनले पोखरा महानगरपालिकाको चुनावमा कास्कीको रुपा गाउँपालिकामा सबैभन्दा बढी भ्रष्टाचार भएको भन्ने अडियो सार्वजनिक भएपछि लेखेका हुन्। त्यो अडियोमा बोल्ने नेकपा एमालेका केन्द्रीय सदस्य राजीव पहारी निकटका मनोज पहारीले भनेका छन्, ‘अख्तियारले छापा हान्यो भने सबैभन्दा बढी भ्रष्टाचार रुपा गाउँपालिकामा छ । नवराज ओझा फस्छ विचरा ।’

गत ३० वैशाखको चुनावबाट गाउँपालिका अध्यक्षमा ओझा र उपाध्यक्षमा लालसुबा गुरुङ दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।

कमेन्टहरु
Loading...