प्याराडिसो स्पोर्टस् बारमा नयाँ वर्ष सांगीतिक साँझ

पोखरा । पोखराको लेकसाइडमा रहेको प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिलले नेपाली नयाँ वर्षको अबसरमा विशेष सांगीतिक साँझको आयोजना गरेको छ । नयाँ वर्षको अवसरमा चैत ३१ गते र वैशाख १ गते विशेष सांगीतिक कार्यक्रमको आयोजना गरेको प्याराडिसो स्पोर्टस् बार एण्ड ग्रिलका म्यानेजर हरी पौडेलले जानकारी दिए ।

मंगलबार साँझ नेपाल आइडल सिजन ३ कि विजेता सज्जा चौलाँगाई र उनको लोडिङ ब्याण्डको प्रस्तुती रहने छ भने बुधबार साँझ भ्वाइस अफ नेपालका सुशान्त गौतमको प्रस्तुती रहने छ । ‘फुड, ड्रिङ्क र म्युजिक’ स्लोगनसहित खेलकुद तथा परिवारिक वातावरण जोडएको पौडेलले बताएका छन् । पोखरा आएका धेरै पर्यटकलाई कोरोना भाइरसको महामारीमा नयाँ वर्ष फिक्का नबनोस् भन्नाका लागि स्वास्थ्य मापदण्ड पुरा गरेर कार्यक्रम आयोजना गरिएको पौडेलले जानकारी दिएका छन् । बारभित्रको फराकिलो क्षेत्र रहेको र जहाँ जुनसुकै ठाउँमा बसेर पनि टेलिभिजनमार्फत् महत्वपूर्ण खेलकुदका प्रत्यक्ष प्रशारण हेर्न पाइने व्यवस्था मिलाएको उनले बताए ।

उनले बारमा जन्मदिन, म्यारीज एनिभसरी, संस्थाका एनिभसरी, प्राइभेट पार्टी गर्नका लागि समेत विषेश व्यवस्था मिलाएको बताए । उनले बारमा फन्ट, बालकुन्नी, फेवाफन्ट लगाएका ठाउँमा बसेर ‘फुड, ड्रिङ् र म्युजिक’ रमाउन पाइने उल्लेख गरेका छन् ।

कमेन्टहरु
Loading...