पोखरा विश्वविद्यालय हल्ट प्राइज २०२१/२२ को तयारी सुरु

पोखरा विश्वविद्यालय केन्द्रिय क्याम्पसले अन्तर्राष्ट्रिय समाजिक उद्यमशिलता चुनौती २०२१/२२ आयोजना गर्ने तयारी गरेको छ ।

अमेरिकी १ मिलियन डलरको global startup पुरस्कार रहेको हल्ट प्राइज विश्वविधालयमा अध्यनरत विद्यार्थीमा अन्तरनिहित नविनतम सोंच लाई उजागर र मार्गनिर्देश गरि उद्यमशीलतालाई प्रोत्साहन गर्ने माध्यम हो ।

सन् २०१७ मा कुसुमशिला भट्टको नेतृत्वमा स्थापित Hult prize at Pokhara University ले राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा छुट्टै पहिचान बनाउन सफल रहेको छ ।

कार्यक्रमलाई यस वर्ष २०र२१ का सहायक क्याम्पस निर्देशक प्रशान्त भुषालले नेतृत्व गर्नेछन् ।

विगतमा भएका उपलब्धिलाई कायम गर्दै यस वर्ष थप सुद्रिढ ढंगले Hult Prize Foundation द्वारा निर्देशित सम्पूर्ण कार्य कुशलतापुर्वक सम्पन्न गर्न आफु प्रतिबद्ध रहेको निर्देशक भुषालले जनाए ।

कमेन्टहरु
Loading...