पानी घटाइएपछि रातारात फेवा छेउ बाटो खन्रे २ स्थानीय बैदाम प्रहरीकाे नियन्त्रणमा

रिना थापा 

पाेखराकाे फेवातालमा पानीको सतह घटाइएको मौका पारेर फेवा किनारमा बिना अनुमति बाटो खनिएको छ । गएराति वडा नम्बर १८ रातमाटे डाँडा बैदाम घाँटीछिनाको सडकखण्डको तल्लो भागमा स्थानियले बिना अनुमति बाटो खनेकाे वडाध्यक्ष रणबहादुर थापाले जानकारी दिए ।

ताल नजिक पर्ने जग्गासम्म बाटाे पुर्याउने ध्येयले मुख्य सडकसँग जोड्न बाटो खनिएकाे बताइएकाे छ । गएराति खनिएको बाटाको विषयमा वडाध्यक्ष थापाले वडा प्रहरी बैदामलाई खबर गरेका थिए । खबर पाएपछि २ जनालाई पक्राउ गरिएकोमा वडा प्रहरी कार्यलय बैदामले बताएकाे छ । उनीहरू हाल बैदाम हिरासतमा रहेका छन् ।

बैदाम प्रहरीले बाटाे खन्न प्रयाेग गरिएकाे डोजर र अन्य सामग्री नियन्त्रणमा लिएकाे छ । उनीहरूलाइ भत्काइएकाे बाटो बराबरको क्षतिपूर्ति तिराइने बताइएकाे छ ।

पक्राउ परेकाहरुलाई थप कारवाहीका लागि पोखरा महानगर पठाउने तयारी भइरहेको छ ।

कमेन्टहरु
Loading...