पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले अबबाट कोरोनाको लक्षण देखिएकाको मात्र पिसिआर परीक्षण गर्ने

पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आजबाट लागू हुने गरेर अस्पतालको ओपिडी/फिभर क्लिनिकमा खटिएका चिकित्सकले जाँच गर्दा कोरोना भाइरस (कोभिड १९) को लक्षण भएका व्यक्तिहरुको मात्र पिसिआर परीक्षण गर्ने भएको छ । प्रतिष्ठानले आज प्रेस विज्ञप्ति जारी गर्दैै कोरोनाको लक्षण देखिएकाको मात्र पिसिआर परीक्षण गर्ने बारेमा जानकारी दिएको हो ।

‘होम आइसोलेसनमा रहेका, ट्राभल हिस्ट्री भएका तथा कन्ट्याक्ट ट्रेसिङमा पर्नुभएका सेवाग्राहीहरुले स्वाब संकलनका लागि आफू बसोबास गरिरहेको पालिका/वडा कार्यालयहरुमा सम्पर्क राख्नुहुन अनुरोध गरिन्छ ।’ प्रतिष्ठानद्वारा जारी गरिएको विज्ञप्तिमा भनिएको छ ।

उल्लेखित समुह वा वर्गमा पर्ने बाहेकका सेवाग्राहीले स्वेच्छाले पिसिआर परीक्षण गराउन चाहेमा सशुल्क परीक्षणका लागि प्रतिष्ठानमा सञ्चालनमा रहेको फिभर क्लिनिकमार्फत् अस्पतालको काउन्टरमा सम्पर्क गरे तोकिएको रकम बुझाएपछि पिसिआर परीक्षण गर्न सक्ने प्रतिष्ठानले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...