नेपाली सेना जनताहरुसँगै छ – पृतनापति विनय राणा

पोखरा/सेना भन्ने आम जनतालाई अलिक फरक हिसावले सोच्ने गरेको भएपनि नेपाली सेना सधै जनताको साथमा रहेको पश्चिम पृतनापति जर्नेल विनय राणाले बताएका छन् । पश्चिम पृतनाले गरेको बार्षिक कार्य गतिविधिको बारेमा जानकारी गरेको पत्रकार सम्मेलनमा बोल्दै राणाले बर्षभरि गगरेका कामकारबाहिको बारेमा जानकारी गराएका थिए ।
गण्डकी प्रदेशका नवलपुरबाहेक अन्य १० जिल्ला कार्यक्षेत्र रहेको पृतनाले बिकास निर्माण,बिपद व्यबस्थापन र पछिल्लो समय कोरोना संक्रमणको कारण ज्यान गुमाएकाहरुको शव व्यबस्थापनमा नेपाली सेना लागेको राणाले बताए ।
कोरोना संक्रमणको समयमा फ्रन्ट लाइनमा बसेर काम गरेका अन्य क्षेत्रका कर्मचारी र स्वास्थ्यकर्मीलाई अतिरिक्त भत्ताको व्यबस्था गरिएको भएपनि नेपाली सेनाले भने बिना भत्ता काममा इमान्दारीतापुर्वक खटिएको राणाले बताए । राणाका अनुसार नेपाली सेनाले तराई पहाड र हिमाललाई जोड्नका निम्ति राष्ट्रिय एकता अभियान चलाउन लागेको छ । त्यसका अलवा नेपाली सेनाबाट पेन्सन हुन लागेकाहरुलाई सिप मुलक तालिमको पनि व्यबस्था गरेको छ ।
नेपाली सेनाको भुपुहरुको भेलाको तयारीमा पनि पृतना तयारी अवस्थामा रहेको राणाले बताए ।

कमेन्टहरु
Loading...