तीज गीत ‘कथा दिदीभाईको’ सार्वजनिक (भिडियो सहित)

पोखरा । गायक रामजी पौडेलले नयाँ मौलिक तीज गीत ‘कथा दिदीभाईको’ सार्वजनिक गरेका छन् । लय तथा शब्द संकलन पौडेलले नै गरेको गीतमा पौडेलसँगै गायीका पार्वती जिसीको पनि आवाज सुन्न पाइन्छ । गीतलाई तारानाथ आचार्यले एरेन्ज तथा निर्देशन गरेका छन् । गीतको भिडियो छायाकंन तथा सम्पादन समिर रामदामको गरेका छन् ।

गीतको निर्माण गरेको डिजिटल स्टार पोखराले आफ्नै अफिसियल युट्युब मार्फत गीतलाई सार्वजनिक गरेको छ ।

गीतको भिडियोमा कलाकारहरु राजकुमारी पौडेल,सुरेन्द्र खत्री, अमृता खत्री,स्वभाव खत्री,प्राश्ना खत्री , स्वभावी खत्री, सुस्मिता लगाएतको अभिनय हेर्न पाइन्छ ।

गायक तथा कलाकार सुरेन्द्र खत्री र उनकी दिदी राजकुमारी पौडेलको जिवनीमा आधारीत यो तिज गीतले हामी दिदी भाईको वास्तविक जिवन बोलेको खत्री बताउछन् । गायक रामजी पौडेलले हामी दीदी भाईको माया ममता कस्तो हुदो रहेछ भन्ने यथार्थ कथा यो तिज गीतमा ढालेको खत्री बताउछन् ।

कमेन्टहरु
Loading...