टान गण्डकीको निर्वाचन आज

पोखरा । ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान) गण्डकी कार्यसमितिको निर्वाचन आज हुने भएको छ । आर्थिक वर्ष २०७९/०८१ का लागि कार्यसमितिको निर्वाचन आज (आइतबार) हुने भएको हो ।

अध्यक्ष र प्रथम उपाध्यक्षमा एक व्यक्ति बाहेक अरुको दावी नपरेको हुँदा निर्विरोध हुने भएका छन् । त्यस्तै कार्यसमिति सदस्यहरुपनि निर्विरोध हुने भएका छन् । अध्यक्षमा धर्मराज पन्थी र प्रथम उपाध्यक्षमा कृष्णप्रसाद आचार्य छन् ।

द्धितीय उपाध्यक्षमा भने दिवश लामिछाने र किसम कुमारी गुरुङबीच चुनावी प्रतिस्पर्धा हुनेछ भने सचिवका लागि रेशम अधिकारी र तिर्थराज सुवेदीबीच हुनेछ । त्यस्तै सहसचिवमा लक्ष्मी कोइराला र गोपालकृष्ण संग्रौलाबीच प्रतिस्पर्धा हुनेछ भने कोषाध्यक्षमा मोहनप्रसाद सुवेदी र अनिल थापाबीच हुनेछ ।

यता निर्विरोधरुपमा कार्यसमिति सदस्यहरु विश्वराज अधिकारी, दिपकप्रसाद सापकोटा, प्रकाश पौडेल, सुरज गुरुङ, भुपेन्द्र कुमार लामा र माधव खनाल रहेका छन् ।

कमेन्टहरु
Loading...