जलकुम्भी समस्या समाधानको माग गर्दै दारी ग्याङले गर्‍यो फेवाताल सरसफाई

राजु गिरी, पोखरा । पोखराकाे फेवाताललाई सफा राख्नुपर्ने भन्दै दारी ग्याङ पोखराले आज फेवातालको सरसफाई गरेको छ । ताल जलकुम्भी झारले कुरुप बनिरहँदा दारी ग्याङले संवन्धित निकायको ध्यानाकर्षण गर्न झार सरसफाई गरेको हो ।

साथै फेवातालमा देखिने जलकुम्भी झारको समस्या सधैका लागि समाधान गर्नका लागि पनि दारी ग्याङले माग गरेको छ । नियमित सरसफाई र जलकुम्भी समस्या सभाधानका लागि जनप्रतिनिधि र महानगरलाई पनि खबरदारी गरिएको दारी ग्याङ पोखराका संयोजक अभिमन्यु पाण्डेले बताए । जलकुम्भी झारलाई सधैका लागि निर्मुल पार्न सकिए फेवातालको सौन्दर्य अझ बढ्ने उनको भनाई थियो ।

सम्वन्धित निकायले यस तर्फ ध्यान नदिएमा झकझकाई रहने समेत संयोजक पाण्डेले बताए ।

कमेन्टहरु
Loading...