चरक मेमोरियल अस्पतालमा पोखरा १७ का कोराना संक्रमितको निधन, पोखरामा थप २३ लाई संक्रमण पुष्टि

पोखरा । पोखरामा थप १ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको छ । पोखरा महानगरपालिका वडा नम्बर १७ का ४७ वर्षीय पुरुषको कोरोना संक्रमणबाट हिजो असोज ३० पोखराको चरक मेमोरियल अस्पतालमा ज्यान गएको हो । उनलाई असोज २३ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यससंगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या ४९ पुगेको छ ।

यता पोखरामा थप २३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणका क्रममा पोखरामा थप २३ जनालाई संक्रमण पुष्टि भएको हो ।

पोखराका २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु ३५ र ४९ वर्षीय पुरुष हुन् । उनीहरु कति नम्बर वडाका हुन् भन्ने खुलेको छैन ।

पोखरा महानगरपालिका वडा नम्बर ४ का १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनी सो वडाका ५९ वर्षीय पुरुष हुन् ।

त्यस्तै वडा नम्बर ५ का २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु सो वडाका ३३ र ५२ वर्षीय पुरुष रहेका छन् ।

पोखरा ८ का ३६ वर्षीय पुरुषलाई समेत संक्रमण पुष्टि भएको छ ।

पोखरा १० का ७ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका २५, २८, ३०, ३३ वर्षीय २ जना, ४० तथा ५६ वर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

वडा नम्बर ११ का २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका ३५ तथा ४७ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा १३ का ४७ वर्षीय पुरुषलाई समेत संक्रमण पुष्टि भएको छ ।

वडा नम्बर १४ का ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडाका ५४ वर्षीय महिला सहित २५ तथा ५६ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

पोखरा १५ का २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडाका २८ वर्षीय पुरुष तथा ६८ वर्षीय महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पोखरा १६ का ३३ वर्षीय १ जना पुरुष तथा १८ का २२ वर्षीय महिलालाई संक्रमण पुष्टि भएको छ ।

पोखरामा आज बिहान समेत ३० जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

तनहुँमा १ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको म्याग्दे गाउँपालिका वडा नम्बर २ का ४९ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

स्याङ्जामा २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमित जिल्लाको हरिनास गाउँपालिका तथा पुतलीबजार नगरपालिकाका हुन् । हरिनास गाउँपालिका वडा नम्बर ५ का ३३ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ । त्यस्तै पुतलीबजार नगरपालिका वडा नम्बर १० का ३१ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको छ ।

लमजुङमा १ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको बेसीसहर नगरपालिका वडा नम्बर ७ की ६७ वर्षीय महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

बाग्लुङका २ जनालाई संक्रमण पुष्टि भएको छ । जिल्लाको जैमिनी नगरपालिका वडा नम्बर ७ की ४९ वर्षीय महिला तथा ९ का ४२ वर्षीय पुरुषलाई संक्रमण पुष्टि भएको हो ।

संक्रमितहरु सबै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, चितवन मेडिकल कलेजको फिभर क्लिनिकबाट पहिचान भएका हुन् । संक्रमितलाई आइसोलेसन कक्षमा लैजाने तयारी भइरहेको छ ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या ५ हजार ५ सय ७७ पुगेको छ ।

कमेन्टहरु
Loading...