एसईई प्रश्न बैंक कार्यशाला जारी

पोखरा । शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशको आयोजनामा शनिबारदेखि पोखरामा एसईई प्रश्न बैंक निर्माण कार्यशाला सुरु भएको छ । कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परिक्षा पक्रियालाई व्यवस्थित गर्न बोर्ड लागि परेको बताए । उनले विद्यार्थीलाई हामीले दिने ज्ञानले व्यवहारमा परिवर्तन हुन आवश्यक रहेको समेत औल्याए । । स्थानीय तहमा समन्वय गर्नेकाम बोर्डले गरीरहेको बताउँदै उनले विद्यार्थीलाई केन्द्रविन्दुमा राखेर आफ्नो विद्यालयलाई नमुना बनाउन तर्फ लाग्नुपर्ने बताए ।

सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव हेमराज सुवेदीले सद्यीय शिक्षा ऐन नआएको हुनाले प्रदेशमा शिक्षा ऐन ल्याउन अप्ठारो भएको बताए । साथै उनले एसईई परिक्षामा प्रश्नपत्र निर्माण र संचालन गर्ने प्रदेशले जिम्मेवारी लिन खोज्नु सुखद कार्य रहेको बताए । स्रोत व्यवस्थापन एसईई सञ्चालन देखि लिएर प्रश्न पत्र निर्माण र मुल्याङ्गन विषय अत्यन्तै प्रभावकारी रहेको स्रोत व्यवस्थापनमा मन्त्रालय प्रतिवद्ध रहेको बताए ।

कार्यक्रमको उदेश्यबारे बताउँदै शिक्षा विकास निर्देशनालयका निर्देशक अम्विका आचार्यले यस्तो किसिमको कार्यशाला ७ वटा प्रदेश मध्ये प्रदेशस्तरबाट भएको यो पहिलो कार्यक्रम रहेको बताउँदै विद्यार्थीको प्रतिभा प्रस्फुटन मात्र नभएर निर्देशनालयले शिक्षकको प्रतिभा प्रस्फुष्ट समेत गर्ने किसिमका कार्यक्रम तय गरेको जानकारी दिइन् ।

कार्यक्रममा शिक्षा ईकाई समन्वय समितिका प्रमुख नारायण शर्मा, सहजकर्ता डाक्टर टिकाराम भट्ट, नेपाल शिक्षक संगठनका पुर्व अध्यक्ष जगन्नाथ अधिकारी, निर्देशनालयका उपसचिव नारायणप्रसाद पौडेल लगायतले बोलेका थिए ।

कार्यशालामा गण्डकी प्रदेशका ११ वटै जिल्लाका विभिन्न विद्यालयका प्रध्यानाध्यापक, विषयगत शिक्षकहरुको सहभागिता रहेको छ । कार्यशाला आइतबार सकिनेछ ।

कमेन्टहरु
Loading...