उद्योग तथा व्यापार विभागको सदस्यमा पन्त मनाेनित

गन्थन संवाददाता । नेपाली काँग्रेस अन्तरगतको उद्योग तथा व्यापार विभागको सदस्यमा हरिराज पन्त मनोनयन भएका छन् । नेपाली काँग्रेसको विधान २०१७ (संशोधन सहित) को धारा ३७ (१) (छ) बमोजिम पार्टीको उद्योग तथा व्यापार विभागको आमन्त्रित सदस्यमा मनोनयन गरेको हो ।

पन्तलाई कांग्रेसको उद्योग तथा व्यापार विभागका प्रमुख चिनकाजी श्रेष्ठले गएको चैतमा नै सो पदमा मनोनयन गरेका थिए । कोभिडको कारण पन्तले मनोनयनपत्र भने हालसालै बुझेका हुन् ।

पन्त पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य तथा नेपाल वितरक महासंघका महासचिवसमेत हुन् । लायन्स क्लबदेखि अन्य सामाजिक संघ/संस्थामा क्रियाशिल रहेका पन्तले उद्योगी/व्यवसायीहरुको हितमा कार्यरत रहँदाकै बेला प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने प्रतिवद्धता जनाए । ‘निजी क्षेत्र मैत्री वातावरण निर्माणमा राजनीतिक दलहरुको भूमिका महत्वपूर्ण हुन्छ’, उनले भने, ‘खुल्ला अर्थतन्त्रको पक्षमा रहेको कांग्रेसको भूमिका अझ व्यवसाय मैत्री बनाउनको लागि म नीतिगत रुपमा नै लबिङमा लाग्नेछु ।’

कमेन्टहरु
Loading...