आहा–रारा गोल्डकपका आयोजकलाई छक्काउँदै होटलबाट खेलाडी गायब

रिना थापा । १९ औं आहा–रारा गोल्डकपको फाइनल खेल आज शनिबार पोखरा रंगशालामा हुँदैछ । फाईनलका लागि अफ्रिकन रुट्स एसोसियसन र संकटा मैदानमा उत्रिदै छन् ।

आयोजक साहारा क्लबले प्रतियोगितामा विदेशी टिमको रुपमा अफ्रिकन रुट्सलाई सामेल गराएको हो । यस अनुरुप अफ्रिकन रुट्स आहा रारा खेल्नका लागि मात्र नेपाल आएको हो ।

यद्यपि आहा रारा गोल्डकप खेल्नलागि भनेर नेपाल आएको अफ्रिकन रुट्सले भने यस बीचमा दुई गोल्डकप खेलिसकेको छ । यसअघि बागमती गोल्डकपको उपविजेता बनेको क्यामरुनको टोली शुक्रबार राजर्षी जनक कप खेल्न सर्लाही पुग्यो ।

बिहीवार पोखरा रंगशालामा भएको सेमिफाईनलमा पुलिस क्लबलाई हराउँदै अफ्रिकन रुट्स फाईनल पुगेको थियो । प्रतियोगिता सके लगत्तै टोली सर्लाही प्रस्थान गर्ने तयारीमा थियो ।

सहारा क्लबका प्रचारप्रसार समिती सदस्य सुर्दशन रन्जितका अनुसार आयोजकको जिम्मामा नेपाल आइपुगेको टोलीलाई सर्लाही जानबाट आयोजकले नै रोकेका थिए । आयोजकले होटल सञ्चालक सहित केही स्वयमसेवक खटाएर खेलाडीलाई निगरानीमा समेत राखेको थियो ।

तर अफ्रिकन रुट्सका खेलाडी भने होटल सञ्चालक र स्वयमसेवकलाई झुक्काउँदै होटलबाट भागेर फुटबल खेल्न राता रात सर्लाही पुगे ।

त्यसअघिपनी आयोजकले प्रतियोगिता अवधिभर अन्य स्थानमा खेल्न नजान अफ्रिकन टोलीलाई अनुरोध गरेका थिए । आयोजकले प्रतियोगिता अवधिभर अन्य खेल नखेल्ने अफ्रिकन टोलीलाई सचेत समेत गराएका थिए ।

यता टोलीका केही खेलाडी भने आयोजकको आग्रहलाई वास्ता नगरी सेमिफाईनल खेलेकै राता रात होटलबाट गायब भए । फाइनल प्रवेश गरेकै रात करिब ११ बजेको समय होटलबाट भागेर अफ्रिकन रुट्सका खेलाडी राजर्षी जनक कप खेल्न सर्लाही पुगे । गोल्डकपको शनिबार हुने फाईनल खेलको अघिल्लो दिनको विश्राममा अफ्रिकन टोली सर्लाहीमा खेल्न चाहे अनुरुप भागेर सर्लाही पुगे ।

अफ्रिकन रुट्सका व्यवस्थापक रहेका आषिक थापा मगरले खेलाडीलाई बिहिबार राति सर्लाही पठाएको स्विकार गरेका छन् । उनका अनुसार पोखराको होटलमा ९ जना खेलाडी बसेर बाकी ११ जना सर्लाही पुगेका थिए ।

खेल खेल्न नपुगेको भए सर्लाहीको आयोजकलाई धोका दिएको जस्तो हुने उनको भनाइ छ ।

“सर्लाहीमा खेलको तालिजा निकाली सकेर खेल्न नगए आयोजकलाई धोका दिएको हुन्थो,” उनले भने,”हामीले आयोजकलाई धोका दिनपनि मिलेन।”

सर्लाहीमा शुक्रबार खेलेका अधिकांश खेलाडी सहितको टोली शनिबार आहा रारा गोल्डकपको फाईनलका लागि मैदानमा उत्रदैछ । साहारा क्लबको निमन्त्रणमा आहा रारा गोल्डकप खेल्न नेपाल आएका अफ्रिकन रुट्सका २० सदस्यीय टोली छन् ।

अफ्रिकन रुट्सका टिम म्यानेजर मगरका अनुसार शुक्रबार सर्लाहीमा खेलेका टोली आज हुने आहा राराको फाईनल खेल्न रातको यात्रा तय गरेर पोखरा आउँदै छन् ।

-तस्वीर सुर्दशन रन्जितको फेसबुक बाट
कमेन्टहरु
Loading...