अपाङ्गता कोटाबाट जिल्ला सदस्यमा अर्पण कोइरालाको उम्मेदवारी

गन्थन संवाददाता, पोखरा । नेपाली काँग्रेसको १४ महाधिवेशनको माहोल यतिखेर तातिरहेको छ । आफ्नो एजेण्डा सहित उम्मेदवारी घोषणा पनि नेताहरुले गरिरहेका छन् ।

अपाङ्गता वा अल्पसंख्यक कोटाबाट कास्की जिल्ला सदस्यका लागि अर्पण कोइरालाले पनि आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । अपाङ्गतालाई कसरी अगाडी बढाउन सकिन्छ र कसरी संरक्षण गर्न सकिन्छ भन्ने आफ्नो मुख्य एजेण्डा रहेको कोइराला बताउँछन् । उनी भन्छन्, ‘अपाङ्गता तथा अल्पसंख्यकलाई अगाडी बढाउन र उनीहरुलाई संरक्षण कसरी गर्न सकिन्छ भन्ने नै उम्मेदवारी दिनुको मेरो मुख्य उद्देश्य हो । विचारधारा जस्तो भएपनि अपाङ्गता तथा अल्पसंख्यकलाई माथी उठाउनु नै मेरो एजेण्डा हो ।’

अपाङ्गता तथा अल्पसंख्यकको आवाजलाई स्थापित गर्न आफुलाई साथ दिएर जिताइदिन समेत कोइरालाले आग्रह गरेका छन् ।

नेपाली काँग्रेसको जिल्लाको अधिवेशन यहि मंसिर १० गते हुँदैछ ।

कमेन्टहरु
Loading...