नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अध्यक्ष केपी शर्मा ओलीलाई अनुशासनको कारवाही गर्ने निर्णय गरेको छ ।
बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले ओलीमाथि अनुशासनको कारवाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र उनी पक्षीय नेताहरू भने सहभागी भएका थिएनन् ।