पोखरामा भएको पाँचौ दक्षिण एशियाली ट्राईयाथलनको उपाधि भारतका गुरुदत्तलाई

सागर राज तिमिल्सिना
पोखरा, १६ वैशाख/पोखरामा भएको पाँचौं दक्षिण एशियाली ट्राईयाथलन च्याम्पियनसिप २०१७ को उपाधी भारतका गुरुदत्तले जितेका छन् । महिला तर्फका उपाधि भारत कै पल्लवी रेतिवालाले हात पारिन् । गुरुदत्तले ७५० मिटर पौडी, २० कि.मि. साईक्लिङ्ग र ५ कि.मि दौड ५४ मिनट ५१ सेकेन्डमा पुरा गर्दै १२ औं दक्षिण एशियाली खेलकुदमा प्रथम स्थान हात पारेका भारतीय खेलाडी दिलिप कुमारलाई पछाडी पार्दै उपाधी जितेका हुन्

दोश्रो स्थानमा आएका दिलिपले ५५ मिटन ५९ सेकेन्डमा दुरी पुरा गरे । तेश्रो स्थानमा नेपालका बशन्त थारुले मेडल जिते । उनले उक्त दूरी ५६ मिनट १२ सेकेन्डमा पुरा गरे । महिला तर्फको प्रतिस्पर्धामा १२ औं दक्षिण एशियाली खेलकुदकी स्वर्ण धारी पल्लवी रेतिवालाले १ घन्टा १ मिनट ३ सेकेन्डमा दुरी पुरा गर्दै उपाधी जितिन् । उनले आफुलाई दक्षिण एशियामा उत्कृष्ट खेलाडी भएको प्रमाणित गरिन् ।

दोश्रो स्थानमा नेपालकी सोनी गुरुङ्ग र तेश्रो स्थानमा १२ र्औ दक्षिण एशियाली खेलकुदमा तेश्रो स्थान हात पार्न सफल रोजा के.सी रहिन् । सोनीले उक्त दूरी १ घन्टा ६ मिनट २ सेकेन्ड र रोजाले १ घन्टा ८ मिनट ४ सेकेन्मा पुरा गरे । दक्षिण एशियाली ट्राईयाथलन च्याम्पियनसिपमा भारत नेपाल, बंगलादेशका गरि २१ जना खेलाडीले भाग लिएका थिए ।

यस्तै छ्रैटौं राष्ट्रिय ट्राईयाथलन प्रतियोगितामा नेपाल आर्मीले पुरुष तर्फको तिनै स्थान हात पारे । सेनाका बशन्त थारुले ५६ मिनट १२ सेकेन्डमा साथ स्वर्ण पदक प्राप्त गरे । दोश्रो स्थानमा रहेका हिमाल टमाटाले ५८ मिनट १ सेकेन्ड र तेश्रो स्थानमा रहेका रुद्र कटुवालले ५८ मिनट ४८ सेकेन्डमा पुरा गरे ।

महिला तर्फको राष्ट्रिय प्रतिस्पर्धामा एपिएफकी सोनी गुरुङ्गले स्वर्ण पाईन् । उनले १ घन्टा ६ मिनट २ सेकेन्डमा दूरी पुरा गरिन् । दोश्रो स्थानमा रहेकी रोजाले १ घन्टा ८ मिनट ४ सेकेन्डमा दूर िपुरा गरिन् भने तेश्रो स्थानमा नेपाली सेनाकी यम कुमारी भुजेल रहिन् । उनले १ घन्टा १८ मिनट ५९ सेकेन्डमा
दूरी पुरा गरिन् ।

पोखराको फेवाताल र फेवा किनारामा भएको च्याम्पियनसिपको दुवाथलन तर्फको प्रतिस्पर्धामा नेपाली सेनाका मान बहादुर थापाले ५ कि.मी.दौड, २० कि.मी. साईक्लिङ्ग र २.५ कि.मी दौड १ घन्टा १ मिनट र ९ सेकेन्डमा पुरा गर्दै स्वर्ण पाए । यस्तै एपिएफका किरण कुमार मल्लले १ घन्टा ३ मिनट र ४५ सेकेन्डमा साथ रजत र सेनाका अच्युत पराजुलीले १ घन्टा ३ मिनट र ५१ सेकेन्डका साथ कास्य पाए ।

महिला तर्फ आर्मीकी मन्जुकुमारी खड्काले उक्त दूरी १ घन्टा १७ मिनट ५० सेकेन्डका साथ स्वर्ण र पुष्पाकुमारी भण्डारीले १ घन्टा १८ मिनट २० सेकेन्डका साथ रजत पाईन् । यस्तै जुनियर पुरुष तर्फ काठमाण्डौका नितेश मानन्धरले १ घन्टा १ मिनट र ४१ सेकेन्डका साथ स्वर्ण, देवेश मानन्धरले १ घन्टा २ मिनट ४३ सेकेन्डका साथ रजत पाए । महिला तर्फ रोजाले १ घन्टा ८ मिनट ४ सेकेन्डका साथ पहिलो स्थान पाईन् ।

च्याम्पियनसिपको युवा तथा खेलकुद मन्त्री दलजित श्रीपालीले उद्घाटन गरेका थिए । च्याम्पियनसिपको उद्घाटन गर्दै मन्त्री श्रीपालीले यो खेल साहसिक र पर्यटकीय खेलकुद भएको भन्दै पोखरा पर्यटकिय क्षेत्र भएकोले यस पोखरालाई पर्यटकिय साहसिक खेलकुदको क्षेत्र बनाउन सरकारको तर्फबाट आफु लागि पर्ने बताए ।

विजयी खेलाडीहरुलाई लेफ्टिनेन्ट कर्णेल उज्वल थापा, बंगलादेश ट्राईयाथलन संघका महाासचिव मि.महमुद, केन्द्रि उपाध्यक्ष दीपक कोईराला, कास्की जिल्ला खेलकुद विकास समितिका पुर्व अध्यक्ष सुमन देवकोटा लगायतले पुरस्कार वितरण गरेका थिए ।

कमेन्टहरु
Loading...