धरमसिंह र महेश श्रेष्ठ उपाधीका लागि भिड्ने

पोखरा, १३ पौष/पोखरेली खेलाडी धरमसिंह लामिछाने र काठमाण्डौका महेश श्रेष्ठ पोखरामा जारी १२ औं भेट्रान्स राष्ट्रिय टेनिस प्रतियोगिता अन्र्तगत ३५ वर्ष माथिको एकलतर्फ उपाधीका लागि भिड्ने भएका छन् । शनिबार भएको सेमिफाइनलमा धरमसिंह लामिछानेले दोर्जे लामामाथि ६–३, ६–२ को नतिजा निकालेर फाइनलमा स्थान बनाएका हुन् । अर्को सेमिफाइनलमा महेश श्रेष्ठले शसस्त्र प्रहरीका एसएपपी दुर्गा कुँवरलाई ६–२,२–६ र १०–७ को कठिन सेटमा पराजित गर्दै धरमसंगको उपाधी भिडन्त निश्चित गरे ।

tenis३५ वर्ष माथिको डबल्समा भने डिफेण्डिङ्ग च्याम्पियन धरमसिंह लामिछाने र राजु गुरुङ्गको पोखरेली जोडिले पराजय व्यहोर्नु प¥यो । धरम जोडिलाई कमल भण्डारी र राजु श्रेष्ठको जोडिले ६–२,७–५ को प्रतिस्प्रधात्मक सेटमा पाखा लगाएको हो । मनोज राणा र महेश श्रेष्ठको जोडिमाथि अत्यन्तै प्रतिस्प्रधात्मक खेलमा ६–३,३–६ र १०–७ को नतिजा निकालेको चन्द्र शाहि र गोपाल मानन्धरको जोडिले उपाधीका लागि कमल भण्डारी जोडिसंग प्रतिस्पर्धा गर्ने भएका छन् ।

कास्की जिल्ला टेनिस संघ र पस्र्याङ्ग टेनिस क्लवको संयुक्त आयोजनामा जारि प्रतियोगिता अन्तर्गत ४५ वर्ष माथिको डबल्समा पनि उपाधीको आशा गरिएका अनिल तुलाचन र राजु श्रेष्ठको जोडि सेमिफाइनलमै सिमित बन्यो । अनिल जोडिलाई नेपाल टेनिस संघका अध्यक्ष मनोज राणा र झ्याम्पा ढुण्डुपको जोडिले ६–३,६–२ को सेटमा पराजित गरे । धर्मरत्न शाहि र सञ्जय अमात्यको जोडिलाई ६–२,६–२ को सोझो सेटमा पराजित गर्दै फाइनल पुगेका राजु श्रेष्ठ र चन्द्र शाहिको जोडिले राणा जोडिसंग अन्तिम प्रतिस्पर्धा गर्नेछन् ।

४५ वर्ष माथिको एकलतर्फ प्रताप मोक्तानले सुरेन्द्र माकाजुलाई ७–५,६–२ ले पराजित गर्दै फाइनलमा स्थान सुरक्षित पारे ।५० वर्ष माथिको डबल्समा मेजर लक्ष्मीबहादुर गुरुङ्ग र विष्णु गुरुङ्गको जोडि डा.इन्द्रजित राई र शहदेव ढुंङ्गानाको जोडिसंग ८–२ मा पराजित भयो भने ५५ वर्ष माथिको एकलमा विदुर विष्टले शान्ता श्रेष्ठलाई ६–०,६–२ ले पराजित गरे । त्यस्तै, विष्णु गुरुङ्गले पदम गुरुङ्गमाथि ६–१,२–६ र १०–७ को कठिन जित निकाल्दै फाइनलमा स्थान पक्का गरे । ५५ वर्ष माथिको डबल्समा कुमार मोहनबहादुर शाहि र विदुर विष्टको जोडिलाई बसन्त प्रधान र शान्ता श्रेष्ठको जोडिले ८–५ ले पराजित गरे । ६० वर्ष माथिको एकलमा इन्द्रजित राईले कुमार मोहनबहादुर शाहिमाथि ८–५ कै नतिजा निकाले । प्रतियोगिताको फाइनल खेल आइतबार हुने टुर्नामेण्ट डाइरेक्टर निरज थापाले जानकारी दिए ।

कमेन्टहरु
Loading...