एमालेले गाउँपालिकाका उम्मेदवार सिफारिस

प्रकाश ढकाल , पोखरा १५ बैशाख / नेकपा एमाले कास्कीले पोखरा लेखनाथ महानगर बाहेकका जिल्लाका सबै गाउँपालिकाको लागि उम्मेदवारको नाम प्रदेशमा सिफारिस गरेको छ । पोखरा लेखनाथ महानगरपालिकाका लागि मतदान मार्फत मेयर र उपमेयरका लागि ३/३ जनाको नाम केन्द्रमा सिफारिस भएको छ भने गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा २र२ जनाको नाम प्रदेशमा पठाएको छ ।

सबैभन्दा ठूलो गाउँपालिका मादीमा यसअघि नै सर्वसम्मत रुपमा उम्मेदवार प्रश्तुत गरेको एमालेले अरु गाउँपालिकामा मतदान मार्फत छनौट गरेर जिल्लामा सिफारिस गरेको थियो । मादीमा एमालेका प्रदेश कमिटी सदस्य बेद बहादुर गुरुङ श्याम निर्विरोध अध्यक्षका उम्मेदवार बनेका छन् भने उपाध्यक्षमा बिष्णुमाया पौडेल निर्विरोध बनेकी छिन् ।

अन्नपूर्णमा क्षेत्रीय अध्यक्ष बिष्णु बहादुर केसी र क्षेत्रीय उपसचिव सुरेन्द्र गुरुङको नाम अध्यक्षमा सिफारिस भएको छ भने उपाध्यक्षका लागि चन्द्रकला अधिकारी र सगुन गुरुङको नाम अगाडी छ । रुपामा युवासंघका अञ्चल अध्यक्ष तथा जिल्ला कमिटी सदस्य नवराज ओझा र फेकोफनका जिल्ला अध्यक्ष तथा एमाले जिल्ला कमिटीका पूर्व सदस्य कालिदास सुवेदीको नाम अध्यक्षमा सिफारिस भएको छ । उपाध्यक्षमा लालसुब्बा गुरुङ र सरिता कुमाल छन् ।

माछापुच्छ्रे गाउँपालिकामा जिल्ला सदस्य कर्ण गुरुङ र क्षेत्र नम्बर ४ का सदस्य यदु अधिकारी अध्यक्षका लागि सिफारिस भएका नाम हुन् भने उपाध्यक्षमा सीता तिवारीको नाम छ । श्रोतका अनुसार सिफारिस भएका नाममध्ये रुपामा नवराज ओझा, माछापुच्छ्रेमा कर्ण गुरुङ र अन्नपूर्णमा बिष्णु केसीको सम्भावना प्रवल छ । उपाध्यक्ष तर्फ रुपामा लालसुब्बा गुरुङ, माछापुच्छ्रेमा सीता तिवारी र अन्नपूर्णमा सगुन गुरुङलाई अघि सार्ने तयारी बुझिएको छ ।

एमालेले गाउँपालिकाका सबैजसो वडाहरुमा सर्वसम्मत उम्मेदवार चयन गरेको छ । जसमध्ये मादीको १ नम्बर वडामा सुरेश कुमार गुरुङ, २ मा एक्काजंग गुरुङ, ३ मा जेम प्रसाद गुरुङ, ४ मा सत्यराज सापकोटा, ५ मा सुब्बा गुरुङ, ६ मा पस बहादुर बास्तोला, ७ मा बालकृष्ण गुरुङ, ८ मा चन्द्र बहादुर सुवेदी, ९ मा मीन बहादुर गुरुङ, १० मा कुल प्रसाद गुरुङ, ११ मा अमृत गुरुङलाई निर्विरोध अध्यक्षको रुपमा उम्मेदवार बनाईएको छ । १२ नम्बर वडामा भने शुक्रबारसम्म टुंगिने एमाले श्रोतको दावी छ ।

यस्तै अन्नपूर्ण गाउँपालिका तर्फ १ नम्बर वडामा केदारनाथ अधिकारी, २ नम्बर वडामा चुडामणी अधिकारी, ३ मा चन्द्र बहादुर गुरुङ, ४ मा ताईकाजी गुरुङ, ५ मा अर्जुन बहादुर केसी, ६ मा लिला देवकोटा, ७ मा घनश्याम चापागाई, ८ मा धर्मदत्त पौडेल, ९ मा पृथ्वीलाल जैसी, १० मा कुमार गुरुङ र ११ मा हिम गुरुङ सर्वसम्मत रुपमा एमालेको तर्फबाट वडा अध्यक्षको उम्मेदवार बनेका छन् ।

रुपा गाउँपालिकाको १ नम्बर वडामा सोम सुनारी, २ मा श्रीकृष्ण सुवेदी, ३ मा रामजी अधिकारी, ४ मा मुकुन्द बहादुर बंशी, ५ मा टेक बहादुर गुरुङ र ६ मा नारायण गुरुङ सर्बसम्मत वडाअध्यक्षको उम्मेदवार बनेका छन् । ७ नम्बर वडामा चाहीँ सामान्य विवादका कारण स्थगन भएको र शुक्रबारसम्म टुंगो लाग्ने जनाईएको छ ।

माछापुच्छ्रे गाउँपालिकाको १ नम्बर वडामा अनुप गुरुङ (आसकुमार), २ मा बिक्रम गुरुङ, ३ मा सूर्य प्रसाद लम्साल, ४ मा पूर्ण बहादुर शाही, ५ मा जुम बहादुर गुरुङ, ६ मा हरिशचन्द्र ढुंगाना, ७ मा सोम बहादुर गुरुङ, ८ मा कृष्ण दवाडी र ९ नम्बर वडामा दुर्गा बहादुर क्षेत्री निर्विकल्प वडा अध्यक्षको उम्मेदवार बनेका छन् । सबैजसो वडामा वडा सदस्यका उम्मेदवारहरु पनि सर्वसम्मत भएका छन् । शुक्रबारसम्म महानगरको वडा सहित गाउँपालिकाका उम्मेदवार छनौट गरिसक्ने एमालेको तयारी छ ।

कमेन्टहरु
Loading...