नेकपा एमाले पोखरा लेखनाथ १० को घरदैलो कार्यक्रम जारी

पोखरा २१ वैशाख /नेकपा एमाले पोखरा लेखनाथ महानगर वडा नम्बर १० को घरदैलो कार्यक्रम अन्तर्गत बिहीबार बुद्धचोक, इन्द्रमार्ग, घलेचोक, रामबजार, गौरीमार्ग लगायतको क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ ।उमेदवार र कार्यकर्ताहरको ब्यापक सहभागीतामा पोखरा लेखनाथ वडा नम्बर १० अन्तर्गत पर्ने बुद्धचोक, इन्द्रमार्ग, घलेचोक, रामबजार, गौरीमार्ग लगायतको क्षेत्रमा घरदैलो कार्यक्रम सम्पन्न गरेको चुनाव प्रचार प्रसार उपसमितीका संयोजक राजु श्रेष्ठले जानकारी दिए ।

घरदैलो कार्यक्रम अन्तर्गत शुक्रबार कुंडहर, मियापाटन, दुचीटोल, उत्तम मार्ग, माछापुच्छ«े मार्ग लगायतका क्षेत्रमा घरदैलो कार्यक्रम गरिने प्रचार प्रसार संयोजक श्रेष्ठले वताए ।नेकपा एमाले पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर १० बाट अध्यक्षमा महेन्द्र कुमार गुरुङ, महिला सदस्य सम्झनादेवी अधिकारी , दलित महिला सदस्य शान्तिदेवी परियार र खुल्ला सदस्यहरु लिलाधर अधिकारी र नुना गुरुङ उमेदवार रहेका छन ।

कमेन्टहरु
Loading...