परिणामसँग डराउनुपर्ने कारण छैन ः उम्मेदवार पौडेल

पोखरा, २२ कात्तिक /एकीकृत माओवादीले क्षेत्र न.१ को लेखनाथ नगरपालिकाका विभिन्न वडाहरुमा शुक्रबार घरदैलो र चुनावी कोणसभा सम्पन्न गरेको छ । उम्मेदवार विष्णु पौडेलले परिवर्तन पक्षधर पार्टी एकीकृत माओवादीले मात्रै रहेकोले गोलोभित्रको हसियाँ हथौडामा मतदान गरी एमाओवादीलाई जिताउन आग्रह गर्दै मतदाताहरुसँग भेटघाट गर्नुभएको हो । उहाँ शुक्रबार लेखनाथ १४ को सातमुहाने, खोलाको छेउ, बडहरे, तालखोला, खुदीखोला र वडा न.१५ को सबै टोलमा घरदैलो गर्दै देउराली फेदीसम्म पुग्नुभयो ।लेखनाथ १४ को सातमुहानेमा आयोजित कोणसभामा सयौंको संख्यामा जनताहरुको उपस्थिती रहेको थियो । कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार विष्णु पौडेलले एमाओवादीको विजय उद्घोष गर्न अब केही दिन मात्रै बाँकी रहेको बताउनुभयो । उहाँले एजेण्डाका हिसावले जित माओवादीको भैसकेकोले परिणामसँग डराउनुपर्ने कुनै कारण नभएको तर्क गर्नुभयो । कोणसभालाई एकीकृत माओवादीका केन्द्रीय सदस्य कञ्चन खनाल, समानुपातिक उम्मेदवार निर्मला सुवेदी, वाईसीएलका जिल्ला अध्यक्ष विनय थापालगायतले पनि बोल्नुभएको थियो । एकीकृत माओवादीका वडा कमिटी अध्यक्ष महाविर बस्नेतको अध्यक्षता सम्पन्न कार्यक्रमको सञ्चालन थानेश्वर घिमिरेले गर्नुभएको थियो ।

उम्मेदवार पौडेलले शुक्रबार नै लेखनाथ १४ कै खोलाको छेउ र लेखनाथ १५ को मालेपाटनमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्नुभयो । शुक्रबार लेखनाथ २ मा कृष्णप्रसाद पराजुली, जिल्ला सदस्य छवि लामिछानेको नेतृत्वमा डाँडापारी, रिठ्ठेपानी, छत्रेढुंगा, सुन्दरमार्गमा घरदैलो भएको छ । लेखनाथ ५ को चौरथरमा माधव रानाभाट र मनोज रानाभाटको नेतृत्वमा घरदैलो सम्पन्न भयो । लेखनाथ ६ मा हिरामणी लामिछाने र गोविन्द वाग्लेको नेतृत्वमा र लेखनाथ ७ मा बोधराज लामिछानेको नेतृत्वमा घरदैलो सम्पन्न भएको लेखनाथबाट कृष्णराज दाहालले जानकारी दिनुभयो ।

ल्वाङघलेलमा एमाओवादीको टोली
पोखरा, २२ कात्तिक ।
निर्वाचन प्रचारप्रसारकै लागि एमाओवादीको टोली ल्वाङघलेल गाविसको कोलेली पुगेको छ । कास्की निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदबार सहितको टोलीले सो गाविसका विभिन्न गाउँमा घरदैलो तथा कोणसभा सम्पन्न गरेको हो । कोलेली गाउँमा आयोजित सभालाई सम्बोधन गर्दै कास्की ४ का उम्मेदवार गुप्तबहादुर हमाल (सन्देश) ले जनसंविधान निर्माण र देशमा विकास निर्माणको लागि एमाओवादीलाई विजयी गराउनुपर्नेमा जोड दिनुभयो ।
समानुपातिक उम्मेदवार तथा पूर्व सभासद दुर्गा वि.कले उत्पीडित जनजाति, महिला, दलित लगायतको मुक्ति एमाओवादी विजय भएमात्र हुने बताउँदै मंसिर ४ को निर्वाचनमा हँसिया हथौडामा मतदान गर्न जनतालाई अनुरोध गर्नुभयो । कोणसभामा एमाओवादी तमुवान राज्य समिति सदस्य देवी सुवेदी, गाउँ पार्टी सचिव जीवनाथ अधिकारी लगायतले बोल्नुभएको थियो ।
एमाओवादी गाउँ पार्टीका अध्यक्ष ओम गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत वाईसीएलका गाविस सदस्य गणेश आचार्यले र सञ्चालन वाईसीएलका गाविस अध्यक्ष शिव भण्डारीले गर्नुभएको थियो । टोलीलाई कोलेली आमा समुहले फुलमालाले भब्य स्वागत गरेको थियो ।
उता, क्षेत्र न. ४ कै लुम्लेमा एमाओवादीका गाउँ कमिटी अध्यक्ष नारायण देवकोटा, सचिवालय सदस्य चुणामणी देवकोटा लगायतको टोलीले हाइजुङ, ढावा, काउरोकोट, लुम्ले घुम्तीलगायतका ठाउँमा घरदैलो सम्पन्न गरेको छ । एमाओवादीका इलाका सह–इञ्चार्ज विष्णुबहादुर केसी (जवानसिंह)को नेतृत्वमा सल्यानको झोवाङ, गिरीचोक हुँदै नयाँपुल सम्म गोलोभित्रको हसियाँ हथौडामा मतदान गर्न आग्रह गर्दैै घरदैलो सम्पन्न भएको छ ।

कास्कीका चारवटै क्षेत्रमा एमाओवादी बलियो
पोखरा, २२ कात्तिक ।
कास्कीको चारवटै निर्वाचन क्षेत्रमा एकीकृत माओवादी बलियो देखिएको छ । चुनावी अभियानका क्रममा उर्लिएको जनलहरले एमाओवादीलाई बलियो देखाएको हो । त्यसो त यसअघिको चुनावमा पनि एमाओवादीले कास्कीको क्षेत्र न.१, २ र ४ मा जित हासिल गरेको थियो । क्षेत्र न.१ को उपनिर्वाचनमा पुनः एमाओवादीले नै जितेको थियो । यसपटकको निर्वाचनमा क्षेत्र न.३ मा पनि जित्ने गरी एमाओवादी चुनावी अभियानमा होमिएको छ । सोही अनुरुप एमाओवादीले चारवटै निर्वाचन क्षेत्रमा अन्य पार्टी भन्दा आक्रामक रुपले चुनावी प्रचारप्रसारलाई अगाडि बढाएको छ ।

शुक्रबार कास्कीको क्षेत्र न.१ मा उम्मेदवार विष्णु पौडेलले लेखनाथ नगरपालिकाको वडा न.१४ मा घरदैलो गर्नुभएको छ । घरदैलोमा समानुपातिक उम्मेदवार निर्मला सुवेदी, बरिष्ठ चलचित्रकर्मी शिवजी लामिछाने, वाईसीएलका जिल्ला अध्यक्ष विनय थापालगायतको सहभागिता रहेको छ । उम्मेदवार पौडेल यसपटक पनि क्षेत्र न.१ का जनताले आफुलाई जिताउनेमा ढुक्क हुनुहुन्छ । उहाँ युवा नेता, प्रखर वक्ता र केही गरौं भन्ने भावनाका भएकाले पनि मतदाताबीच लोकप्रिय रहनुभएको छ । ‘मुलुक नै एमाओवादीको एजेण्डामा हिडिरहेकोले अहिले पनि एमाओवादीले नै जित्छ भन्नेमा म ढुक्क छु’–उहाँले भन्नुभयो ।

यसैबीच, लेखनाथको वडा न.२ मा छवि लामिछाने, सिद्ध र देउराली गाविसमा विद्यार्थी नेताहरु अमरदीप पराजुली, सन्तोष आचार्यको नेतृत्वमा घरदैलो भइरहेको छ । यसबहादुर तमु र विश्वनाथ अधिकारीको नेतृत्वमा रुपाकोटमा घरदैलो भइरहेको बताइएको छ । थुम्की गाविसमा सन्तोष खनाल, सुदिप खनाल, पुष्प खनाल र दीपक नेपालीको नेतृत्वमा एक टोलीले एकीकृत माओवादीलाई मत माग्दै घरदैलो गरेको छ ।
यता, क्षेत्र न.२ को लामाचौर गाविसस्थित भुनपुरेमा उम्मेदवार बखानसिंह तमुले घरदैलो गर्नुभएको छ । समानुपातिक उम्मेदवार पूर्णकुमारी राना, मजदुर नेता खगेन्द्र काफ्ले, दलित नेता भिमबहादुर विक, युवा नेता सुमन देवकोटा सहितको भव्य टोलीले घरदैलो गरेको हो ।

बखानसिंह तमु (आभाष) इमान्दार जनजाति नेता भएकोले र एमाओवादीले पहिचानसहितको संघीयताको मुद्दालाई दह्रोसँग समातेकाले उहाँले यसक्षेत्रबाट जित्ने पक्कापक्की भएको छ । तमुको तुलनामा काँग्रेस र एमालेका उम्मेदवारहरुको चुनावी सक्रियता र प्रचारप्रसारमा समेत कमि देखिएको छ ।क्षेत्र न.३ का उम्मेदवार रामजीप्रसाद बराल (जीवन)ले पोखरा–१७ महतगौंडाको कोणसभालाई सम्बोधन गर्नुभएको छ । कोणसभामा बोल्दै उम्मेदवार बरालले यसअघिका प्रतिनिधीले आफ्नो क्षेत्रमा केही नगरेको बरु अकुत सम्पत्ति जोडेको जनताले पत्तो पाइसकेको बताउनुभयो । उहाँले घरदैलोको क्रममा विगतका प्रतिनिधीलाई दोहो¥याउने चाहना क्षेत्र न.३ का मतदातामा नभेटिएकोले आफ्नो विजय निश्चित भइसकेको दोहो¥याउनुभयो । घरदैलो पश्चात आयोजित कोणसभामा स्थानीय नेता श्रीराम भण्डारी, पार्टीका वडा कमिटी अध्यक्ष ओम पौडेलले पनि बोल्नुभएको थियो ।

उता, क्षेत्र न.४ का उम्मेदवार गुप्तबहादुर हमाल (सन्देश) चुनावी अभियानका क्रममा यतिखेर ल्वाङघलेल गाविसमा पुग्नुभएको छ । उहाँले शुक्रबार ल्वाङघलेल गाविसमा घरदैलो पश्चात आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्नुभयो । कोणसभामा बोल्दै सन्देशले जनयुद्धकालिन समयदेखि नै ल्वाङघलेलले एमाओवादीलाई सहयोग गर्दै आएकोले निर्वाचनमा पनि सहयोग गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले गोलोभित्रको हसियाँ हथौडामा मतदान गरी एमाओवादीलाई विजयी गराउन आग्रह गर्नुभयो । कोणसभामा समानुपातिक उम्मेदवारहरु दुर्गाकुमारी विक र राजेन्द्र तमु, इलाका ईञ्चार्ज पूर्ण गिरी, नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाका जिल्ला सचिव चन्द्रबहादुर विक, एकीकृत माओवादीका गाउँ कमिटी अध्यक्ष ओम गुरुङ, वाईसीएलका गाउँ कमिटी सचिव शिव भण्डारी लगायतले बोल्नुभएको थियो ।

कमेन्टहरु
Loading...