ओलीको राष्ट्रबाद कालापानीमा देखीयो — देउवा

पोखरा ६ मंसिर / नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले प्रधानमन्त्री ओलीको राष्ट्रवाद कालापानीमा लम्पसारबादमा परिणत भएको आरोप लगाएका छन् ।

नेपाल डेमोक्र्याटिक लयर्स एसोसियसनको ३० औं साधरणसभाको शुक्रबार पोखरामा उद्घाटन गर्दै निर्वाचनका बेला ओलीले देखाएको राष्ट्रवादी चरित्र नेपाली जनताले बुझेको बताए । राष्ट्रवाद चुनाव जित्ने खोल मात्रै बनाएको भन्दै उनले अहिले कालापानीमा पुगेर लम्पसारवादमा गएको उनले आरोप लगाए ।

पूर्व प्रधानमन्त्री देउवाले ओली सरकारले संवैधानिक परिषदलाई कठपुतली बताउन अध्यादेश मार्फत ल्याउन लागेको बताए । सरकारले ल्याउन लागेको संवैधानिक परिषद् सम्बन्धी अध्यादेश संसदबाट पारित हुन नदिने बताए । सहमतिको बाटो बन्द गरेर सरकारले अध्यादेशमार्फत संवैधानिक परिषद् सम्बन्धी ऐन ल्याउन लागेको भन्दै उनले आक्रोश व्यक्त गरे ।

उनले अख्तियारलाई शाही आयोग बनाउन खोजेको आरोप समेत लगाए । सरकारको चर्को आलोचना गर्दै संवैधानिक परिषद् कठपुतली बनाएर सम्पूर्ण ठाउँमा आफ्ना मान्छे नियुक्त गरेको बताए ।

कार्यक्रममा नेपालीक कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री ओली अध्यादेश मार्फत तानाशाही बन्न खोजेकोे आरोप लगाए । संविधान र राज्य व्यवस्थामा क्याविनेट भन्दा पनि माथिको संस्था परिषद् रहेकोमा प्रधानमन्त्रीले खल्तीमा हाल्न खोजेको आरोप उनले लगााए ।

कांग्रेस महामन्त्री सशांक कोइरालाले सरकारलले हस्तक्षेप गरेका क्षेत्रमा कानुन व्यवसायीले आवाज उठाउनु पर्ने बताए । कांग्रेस केन्द्रिय सदस्य डा मिलेन्द्र रिजालले कम्युनिष्ट सासन लाद्नका लागि प्रधानमन्त्रीले अध्यादेश मार्फत संबैधानिक परिषद परिमार्जन गर्न लागेको अरोप लगाए ।

कमेन्टहरु
Loading...