पत्रकार ओमहमालको पक्षमा साझा पार्टीः ‘हमाललाई नियोजित रुपमा फँसाउने कामभयो’

181

पोखरा, १९ भदौ / साझा पार्टी गण्डकीले पत्रकार ओम हमालको गिरफ्तारी नियोजित भएको भन्दै विरोध जनाएको छ । पार्टीले पत्रकार हमाललाई तत्काल रिहाई गर्नुपर्ने माग राख्दै पत्रकार महासंघले देशव्यापी चलाईरहको आन्दोलनमा ऐक्यबद्धता समेत जनाएको छ ।

साझा पार्टी गण्डकीका सँयोजक महेश भण्डारीले जारी गरेको प्रेस विज्ञप्तीमा लोकतन्त्रमा पनि व्यक्तिगतआस्थाका आधारमा एउटा पत्रकारलाई राज्यले बन्धक बनाउनु लज्जासपद् भएको उल्लेख छ ।

‘वैयक्तिक स्वतन्त्रता लोकतन्त्रको सुन्दर पक्षहो । तर व्यक्तिगतआस्थाका आधारमा टेकेर कोहीलाई बिनाकारण दुखदिईन्छ भने त्यो पक्कै पनि सह्य हुँदैन । नेपाल पत्रकार महासंघ कास्की शाखाका पत्रकार ओम हमाललाई राज्यले यतिबेला यस्तै विभिन्नआरोपहरु लगाएर दुखदिईरहेको छ ।’ प्रेस विज्ञप्तीमा उल्लेख छ ।

जारी प्रेस विज्ञप्तीमा साझा पार्टीले राज्यले लोकतन्त्रको उपहास गरेर जनताले गरेका सँघर्ष र आन्दोलनको मजाक उडाएको बताएको छ । राज्य संचालनमा रहेकादलहरुले लोकतन्त्रको गलतअभ्यास गरिरहेको पार्टीको तर्क छ ।

‘यतिसम्मकि राज्यले सम्मानित सर्वोच्च अदालतको समेत मानहानीगर्ने काम गरेको छ । र, यो सरासर राज्यको दमनहो ।’ साझा पार्टीले सँयोजक भण्डारीले भनेका छन् । साथै साझा पार्टी गण्डकीले सरकार चाँडै सच्चिएर अगाडि बढ्नुपर्ने धारणा समेत पेश गरेको छ ।

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Covid-19 कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउन गण्डकी प्रदेश सरकारको अपिल

Get real time updates directly on you device, subscribe now.

👇 यी पोस्टहरु पनि हेर्नुहोस् ।
Loading...