राप्रपा कास्कीको घरदैलो, विभिन्न वडामा कोणसभा तथा ¥याली

पोखरा, २७ बैशाख/राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीका अध्यक्ष जयलाल पुनले ठूला दल भनाउँदाहरुले हिन्दु राष्ट्र बेचेको आरोप लगाउनु भएको छ । धर्मबेच्नेहरुले देशलाई के गर्छन्, के आधारलाई भोट हाल्नुहुन्छ भनि जनताहरुसँग प्रश्न गर्नुभएको छ ।

बैशाख ३१ गते सम्पन्न हुन गइरहेको स्थानीय निकाय निर्वाचन नजिकिदै गर्दा राप्रपा कास्कीले महानगर र गाउँपालिका तथा विभिन्न वडाहरुमा ¥याली सहित घरदैलो तथा कोणसभाहरु भइरहेको अवस्थामा राप्रपा १४, १५ र २१ को कोषणसभालाई सम्वोधन गर्दै उक्त कुरा बताउनु भएको हो । उहाँले बोरिङको पानी खानेभए अरुलाई भोट हाल्नु, हिमालको पानी खाने भए राप्रपालाई भोट हाल्नु भन्ने बताउँदै १४, १५ र २१ राप्रपाको किल्ला भएको बताए ।

कार्यक्रममा मेयरका उम्मेदवार गीता गुरुङ्ग, उपमेयरका उम्मेदवार रमेश बहादुर खत्रीले पोखरालाई स्मार्ट सिटी बनाई प्रदूषण रहित पर्यटकीय शहर निर्माण गर्न, हिन्दु राष्ट्र कायम गर्न लगायतका कार्यहरु सम्पन्न गर्न हामीहरुको उम्मेदवारी रहेकोले अमूल्य मत दिई विजयी गराउन अनुरोध गर्नुभएको थियो ।

कार्यक्रममा वडा नं. १४ का अध्यक्षका उम्मेदवार अमृत बहादुर कार्की, १५ का अध्यक्षका उम्मेदवार रोम बहादुर भण्डारी र २१ का अध्यक्ष पदका उम्मेदवार धनबहादुर कार्कीले राप्रपा एकमात्र राष्ट्रवादी पार्टी भएको हुँदा एकपटक राष्ट्रवादी पार्टीलाई विजयी गराई समृद्ध नेपाल निर्माण गर्न सहयोग गरिदिनु हुन आम पोखरेली जनतालाई आग्रह गर्नुभएको थियो ।

घरदैलो कार्यक्रममा उम्मेदवार सहित स्थानीय नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । चुनाव नजिकिदै गर्दा सम्पूर्ण नेता तथा कार्यकर्ताहरु अझ सशक्त रुपमा घरदैलो कार्यक्रममा सहभागी हुन र राप्रपाको पक्षमा मत पार्न लागि पर्न समेत राप्रपा कास्कीले आग्रह गरेको छ ।

कमेन्टहरु
Loading...