संवैदानिक अंगमा सरकारको दुई तिहाइको दम्भ — नेता पौडेल

पोखरा, २५ वैशाख/नेपाली काग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले दुई तिहाइको बलमा सरकारले संवैदानिक अंगहरुमा पनि राजनीति गर्ने खोजेको बताएका छन् । उनले सरकारले अख्तियार, अदालत लागएताका संवैदानिक अंगहरुलाई खबरदारी गरेर सत्ताको उपहास गरेको बताए ।

वीपी चिन्तन प्रतिष्ठान प्रदेश ४ को आयोजनामा पोखरामा भएको आजको सन्र्दभमा वीपी विचार अन्तरसम्बाद कार्यक्रममा नेता पौडेलले सरकारले सत्ताको आड्मा संवैदानिक अंगहरुलाई प्रहार गरे काग्रेस चुपलागेर नबस्ने बताए । उनले काग्रेसले सत्ता सगँ त्यस्ता प्रबृतिका अगाडी लड्ने बताए ।

नेता पौडेलले वीपीको आर्दशलाई भुल्न नहुने बताउदै उनका आर्दशलाई गाउँ गाउँ सम्म पु¥याएर नै काग्रेस बलियो हुने बताए । उनले वीपीका नामका धेरै संस्था जन्मिएको बताउदै वीपीका आर्दश बोकेर हिड्ने पार्टी नेपाली काग्रेस मात्रै भएको बताए । पौडेलले वीपीलेको सिद्धान्त गाउँको कुना कुनाबाट विकास गर्नु रहेको बताउदै नेपाली काग्रेसले त्यसैलाई पछ्यार अगाडी बढ्नु पर्ने बताए ।

नेपाली काग्रेसले आफुले गरेका राम्रो कामको प्रचार गर्न नसक्दा निर्वाचनामा हार बेहोन्नु परेको उनको भनाई थियो । उनले नेपाली काग्रेस लोकतन्त्रका लागि पटक पटक आन्दोलन गरेको उल्लेख गरे । कार्यक्रममा नेपाली काग्रेसका विभिन्न नेताहरुले वीपीको विचार अहिलेको सन्र्दभमा चर्चा गरेका थिए ।

कमेन्टहरु
Loading...