प्रधानमन्त्रीको मुख्यमन्त्रीलाई आग्रह​ : “प्रतिस्पर्धात्मक विकासमा उत्रनोस “

काठमाडौं, ७ चैत/प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको विकास, उन्नति र समृद्धिका लागि प्रदेश सरकार बीच प्रतिस्पर्धा हुनुपर्ने खाँचो औंल्याएका छन् ।ओलीले बुधबार​ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सात ओटै प्रदेशका मुख्यमन्त्रीलाई बोलाएर समृद्धिका लागि प्रतिस्पर्धात्मक विकासमा उत्रन आग्रह गरेका हुन् ।प्रधानमन्त्री ओलीले दीगो विकासका लक्ष्य पूरा गर्न धेरै समय नरहेको भन्दै मात्र बाँकी १३ वर्षको अवधिमा समृद्धिको बाटोमा अघि बढ्नुको विकल्प नरहेको उल्लेख गरे ।

स्थानीय, प्रदेश र केन्द्रीय सरकार कसैलाई पनि असफल हुने छुट नरहेको भन्दै प्रधानमन्त्री ओलीले अब समृद्धिको बाटोमा अघि बढ्नुपर्ने बताएको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले सन्चारकर्मीलाई जानकारी दिए ।फरक प्रसंगमा प्रधानमन्त्री ओलीले नेपालको आन्तरिक मामिलामा कसैलाई पनि हस्तक्षेप गर्न नदिने र सबै छिमेकी मुलुकसँग समान र सौहार्दपूर्ण सम्बन्ध कायम राखिने प्रस्ट पारेका छन् ।

यस्तै, प्रधानमन्त्री ओलीले नेपाल एकिकरणदेखि हालसम्म भएका सम्पूर्ण राजनीतिक संघर्षमा दलित समुदायको योगदान उच्च रहेको बताएका छन् ।५३ औं अन्तर्राष्ट्रिय जातीय विभेद उन्मुलन दिवसको अवसरमा आज शुभकामना सन्देश दिंदै प्रधानमन्त्री ओलीले परम्परागत कुसंस्कार कारण नेपालमा अझै पनि जातीय विभेद कायम रहनु दुःखद रहेको बताए ।दलित समुदायलाई राज्यको मूल प्रवाहमा ल्याउन सरकारका नीति तथा कार्यक्रमलाई दलितमैत्री बनाइने प्रधानमन्त्री ओलीले प्रष्ट पारेका छन् ।

कमेन्टहरु
Loading...