संघियता असफल भए देशको जहाज डुब्छ ः मुख्यमन्त्री गुरुङ

पोखरा, २३ भदौ / गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङले संघियता असफल भए देशको जहाज डुब्ने

बताएका छन् । शुक्रबार, पोखरामा आयोजित रेस्टुरेन्ट एन्ड बार एसोसियसन अफ नेपाल (रेवान) पोखराको २४

औं वार्षीक साधारण सभा तथा १३ औं अधिवेसनलाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो अभिव्यक्ति

दिएका हुन् ।

राजा महेन्द्रले १८ सालमा ७५ जिल्ला १४ अञ्चल बनाएको ५७ वर्ष भई सक्यो । ‘त्यसपछि स्वरुप परिवर्तन भयो

सरकार परिवर्तन भयो,’ उनले भने, ‘सरकार त थियो नि ! भर्खर जिरोबाट जन्मेको हामी हो । त्यसैले हामी

सबैभन्दा कान्छो सरकार हौ ।’

संघिय सरकार र प्रदेश सरकारबिचमा ८० वर्षको बुढो र भर्खर जन्मेको शिशु जस्तै फरक भएको उदाहरण दिँदै ।

उनले भने, ‘उ ठिक ढङ्गले हुर्कन पाएन भने जुन अवस्थामा रहन्छ । त्यसपछि कस्तो विकराल स्थिति आउँन

सक्छ हामीले कल्पना गर्न सक्दैनौं ।’

आफुहरु सरकारमा आउँदा एक रुपैयाँ पनि नभएको, कर्मचारी पनि नभएको उनले सुनाए । संघिय सरकारले

आफ्नो जिम्मवारी पुरा नगरेकाले पनि सरकारको आलोचना गरेको उनले बताए ।

सोही अवसरमा समाचारको माध्यमबाट पर्यटन प्रबद्र्धनमा टेवा पु¥याएको भन्दै एपिवान टेलिभिजनका पोखरा

सम्बाददाता सम्मानीत भएका छन् । उनललाई गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्बी सुब्बा गुरुङ, रेवान पोखराका

अध्यक्ष चौबहादुर गुरुङले नगद २५ हजार, सम्मानपत्र र दोसल्लाले सम्मान गरे । सोही अवसरमा

इन्डोनेसियामा सम्पन्न १८ औं प्याराग्लाइडिङ्ग एसियाडमा रगत पदक हात पार्न सफल खेलाडी सम्मान

गरिएको थियो ।

कमेन्टहरु
Loading...