नेकपा गण्डकी प्रदेशका जिल्ला र स्थानीय तहमा पार्टी विस्तार

पोखरा, १८ असोज / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गण्डकी प्रदेशले जिल्ला र स्थानीय तहको कार्य जिम्मेवारी तोकेको छ । प्रदेश कमिटिले बुधबार

बैठक बसेर कार्यविभाजन गरेको हो । जिल्ला, महानगर, नगरपालिका र गाउँपालिकामा १० सदस्यीय पार्टी संयन्त्र गठन भएको हो ।

जिल्ला संयन्त्रमा तत्कालीन नेकपा एमालेबाट जिल्ला इन्चार्ज, अध्यक्ष, उपाध्यक्ष, सचिव र उपसचिव छन् भने तत्कालीन माओवादी केन्द्रबाट इन्चार्ज,

सहइन्चार्ज र संयोजक सहित ५ जना गरी १० सदस्य छन् । महानगरमा सोहीअनुसारको १० सदस्यीय, नगरपालिकामा ८ र गाउँपालिकामा ६ सदस्यीय

संयन्त्र गठन गरेको बिहीबार पोखरा आयोजीत पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

संयन्त्रले पार्टीको विधान, नियमावली र पार्टीको थप निर्देशनलाई आधार मानी महानगर, नगर र गाउँपालिकाको पार्टी एकीकरणका लागि प्रदेश

कमिटीलाई सुझाव पेश गर्नेछ । असोज २७ गते भित्रै जिल्ला संयन्त्रको बैठक बसिसक्नुपर्ने प्रदेश अध्यक्ष हितराज पाण्डेले बताए ।

तल्ला कमिटीका लागि आवश्यक प्रश्ताव यसअघिकै कार्यदलले पठाईसकेको छ । अहिले गठन भएको संयन्त्रले काम नै अघि बढाउने अध्यक्ष पाण्डे

बताउँछन् । ‘पार्टी एकीकरणको लागि भन्दा पनि काम नै अगाडी बढाउनका लागि संयन्त्र गठन गरिएको हो ।

कार्यक्रममा नेकपा गण्डकी प्रदेशका इन्चार्ज तथा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले केन्द्रका केही नेताहरुको अभिब्यक्तिले पार्टीको प्रतिष्ठामा नै असर

परेको बताए । उनको संकेत बरिष्ठ नेता माधवकुमार नेपाल तिर थियो । ‘बरिष्ठ नेताको अभिब्यक्तिले पार्टीको प्रतिष्ठामा गम्भीर असर परेको छ, उनले

भने–वहाँले पहिलेको एमालेको विधान हेरेर बोल्नुभएको छ । नेकपाको नयाँ विधान हेरेर परिमार्जित हुनुपर्छ ।’

सह इन्चार्ज खगराज अधिकारीले नेकपा एकीकरणको प्रक्रियामा भएकोले छिटोभन्दा छिटो आफ्नो जिम्मेवारी पूरा गर्ने बताए । हामीले जिम्मेवारी

लिएका छौं । त्यसैले संयन्त्र भनेर संक्रमणकालीन ब्यवस्था गरेका हौं, उनले भने–छिटोभन्दा छिटो हाम्रो जिम्मेवारी पूरा गर्छौं ।’

नेकपा गण्डकी प्रदेशका जिल्ला र स्थानीय तहमा पार्टी विस्तार

नेकपा गण्डकी प्रदेशका जिल्ला र स्थानीय तहमा पार्टी विस्तार

Posted by Ganthan.com on Thursday, October 4, 2018

कमेन्टहरु
Loading...