लोकप्रीय नेताले टिकट नपाए आन्दोलन गर्ने

असोज १४,पोखरा/मुलुक चुनावमय भएको र दलहरु उमेदवार चयनमा व्यस्त भइरहेको अवस्थामा स्याङजामा भने नेपाली कांगे्रसका कार्यकर्ताले लोकप्रीय नेताले टिकट नपाए आन्दोलन गर्ने चेतावनी दिएका छन् । उमेदवार छनोटको क्रममा पार्टीको केन्द्रिय समितीले सम्भावीत व्यक्तीको नाम क्षेत्र र जिल्ला बाट सिफारीस गर्न दिएको निर्दे्रशन आफुहरुले पालना गरेतापनी संसदीय दलले आफु अनुकुलका मानीसलाई छनौट गर्न लागेको आरोप कार्यकर्ताले लगाएका छन् ।

स्थानीय क्षेत्रमा लोकप्रीय नेतालाई टिकट नदिई आफु अनुकुलका व्यक्तीलाई दिए त्यो आत्मघाती हुने र सो निर्णय आफुहरुलाई मान्य नहुने कुरा ने.का स्याङजा क्षेत्र नं एक का सभापती तुलसीराम रेग्मी र पुतली बजार नगरका नगर सभापती बेदप्रसाद दोरङ द्धारा जारी संयुक्त विज्ञप्तिमा जनाइएको छ । सोमवार जारी उक्त विज्ञप्तिमा यदि अलोकप्रीय नेतालाई टिकट दिएको खण्डमा नेपाली काँग्रेस जिल्ला कार्यलय क्षेत्रीय कार्यलयमा तालाबन्दी गर्दै आफुहरु आन्लोलनमा उत्रन बाध्य हुने जनाइएको छ ।

कमेन्टहरु
Loading...