कास्की काँग्रेसबाट ३ जना भए काँग्रेसबाट निश्कासित

पोखरा, ३० कात्तिक /पार्टी सदस्य हुँदाहुँदै पनि अर्को पार्टीबाट निर्वाचनमा उम्मेदवारी दिएका ३ जनालाई नेपाली काँग्रेस कास्कीले पार्टीबाट निष्काशन गरेको छ । पार्टीबाट निश्कासित हुनेमा पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३१ का ठाकुरप्रसाद कँडेल, वडा नम्बर २६ का चन्द्रबहादुर रानाभाट र वडा नम्बर २९ का झपेन्द्रराज आचार्य रहेका छन् ।

नेपाली काँग्रेस कास्कीका सभापति सुदीपमोहन भट्टराईले विहिबार एक प्रेस विज्ञप्ती जारी गर्दै उनीहरुलाई पार्टीबाट निश्कासन गरिएको जानकारी दिएका हुन् । अनुशासनभन्दा बाहिर गएर पार्टीलाई असर पर्ने क्रियाकलापमा संलग्न भएकोले केन्द्रको परिपत्रअनुसार उनीहरुलाई पार्टीको क्रियाशिल र साधारण सदस्यसमेत नरहने गरि निश्कासन गरिएको प्रेस विज्ञप्तीमा उल्लेख छ ।

प्रेस विज्ञप्तीमा पार्टीको अनुशासन कारबाहिमा परेर निश्कासित भएका त्यस्ता उम्मेदवारहरुलाई कुनै खालको सहयोग नगर्न कार्यकर्ताहरुलाई आग्रह समेत गरिएको छ । ‘पार्टी हित विपरितका व्यक्तिहरुको अनर्गल कुराहरुबाट भ्रममा नपरि काँग्रेसका आधिकारिक उम्मेदवारलाई भोट दिएर जिताउन परिचालित हुन सबै क्रियाशिल कार्यकर्तालाई अनुरोध गर्दछौँ ।’ प्रेस विज्ञप्तीमा उल्लेख छ ।

नेपाली काँग्रेस कास्कीले केहि दिन अगाडि पार्टीको निर्णय विपरित गएर आफुखुशी उम्मेदवारी दिएको भन्दै नरेशशंकर पालिखेलाई निश्कासन गरेको थियो ।

कमेन्टहरु
Loading...