कास्की क्षेत्र नम्बर–२ उपनिर्वाचनको तयारी, मतदाता बढे

पोखरा, २९ असोज/ मंसिर १४ गते हुने उपनिर्वाचनको लागि जिल्ला निर्वाचन कार्यालय कास्कीले तीब्र पारेको छ । निर्वाचन आयोगले रिक्त रहेका स्थानमा मंसिर १४ गते निर्वाचनको लागि अन्तिम नामावली प्रकाशन गरिसेको छ । कास्की क्षेत्र नं २ बाट निर्वाचित सँस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि रिक्त रहेको छ ।

कास्की क्षेत्र नं २ मा हुने उपनिर्वाचनको मतदाताका लागि ७१ हजार ८ सय ७१ जनाको अन्तिम नामावली प्रकासन गरको जिल्ला निर्वाचन कार्यालयका निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीले जानकारी दिए । उनले करिब पहिलेको भन्दा १ हजार २ सय २० जना मतदाता थपिएको बताए । कास्की क्षेत्र नम्बर २ मा अघिल्लो निर्वाचनमा ७० हजार ६ सय ५१ मतदाता थिए ।

उनले कास्की २ मा ३२ निर्वाचन स्थल र ८२ वटा केन्द्रहरु तोकेको बताए । केन्द्रको सुरक्षा व्यवस्था, आवश्यक कर्मचारी तोक्ने र निर्वाचनका लागि आवश्यक सामग्री खरिद गर्ने काम भईरहेको बताए ।

उपनिर्वाचन हुने कास्कीको निर्वाचन क्षेत्र– २ मा पोखरा महानगरपालिकाका ११ वटा वडा पर्दछन् । अघिल्लो निर्वाचनमा रविन्द्र अधिकारीले नेपाली काँग्रेसका उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतले पराजित गरेका थिए । अधिकारीले २७ हजार २ सय ७ मत प्राप्त गरेका थिए भने चालिसेले १८ हजार ६ सय ६१ मत प्राप्त गरेको तथ्यांक छ ।

उपनिर्वाचनका लागि ठुला पार्टी नेकपा र नेपाली काग्रेस मात्रै हैन साना पार्टीहरु पनि उपनिर्वाचनको तयारीमा लागेका छन् । उपनिर्वाचनका लागि उमेद्वार चयन र विभिन्न कार्यक्रम गर्ने योजना लगाएतका कामहरु आगडी बढाएको साझा पार्टी गण्डकीका संयोजक महेश भण्डारीले बताए ।

अघिल्लो निर्वाचनमा ७० हजार ६ सय ५१ मतमा ४९ हजार ९ सय ६ मत खसेको थियो । त्यसमध्ये ४७ हजार ९ सय ८८ मत सदर भएको थियो । १३ जना उम्मेदवारले विभिन्न राजनीतिक पार्टीबाट उम्मेदवारी दिएका थिए ।

गण्डकी प्रदेशमा बागलुङको क्षेत्र नं २ ख बाट गण्डकी प्रदेश सांसद टेकबहादुर घर्तीको निधन भएपछि रित्त रहेको छ । बागलुङको पनि उपनिवार्चनको तयारी धमाधम भएको छ । त्यसै गरि गण्डकी प्रदेशमा तीन वडाध्यक्षको लागि नवलपुरको बौदिकाली वडा नं ५, लमजुङ सुन्दरबजार– २, बागलुङ बडीगाड गाँउपालिका २ मा उपनिर्वाचन हुने छ ।

कमेन्टहरु
Loading...