डा.गोविन्द केसी फेरी अनसन बस्न परदैन पर्यटनमन्त्री– अधिकारी

पोखरा, ११ साउन /संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले डा. गोविन्द केसी फेरी अनसन बस्न नपरर्ने गरी सरकारले सम्झौतालाई कायन्वन गर्ने बताएका छन् । उनले पहिलेको सरकारले पटक पटक सम्झौता गरेर पनि कायन्वन नगरेको बताउदै अहिलेको सरकारले सम्झौता कायन्वन गरेरै छाड्ने बताए ।

सूर्यचन्द्र विकास समाजको रजत महोत्सव समारोहको पोखरामा शुक्रबार उद्घाटन गर्दै उनले केसी सँग विगतमा धेरैपटक सरकारले सहमती गरेपनि कागजमा मात्र सिमित हुने गरेको तर यो पटक सम्झौतालाई व्यवहारमै लागू गर्ने बताए ।

मन्त्री अधिकारीले सरकारलाई जनताले महत्वपूर्ण अवसर प्रदान गरेको हुदाँ राष्ट्रको समृद्धि र विकासका लागि सरकार लागी परेको बताए । उनले देशको बिकास पर्यटन मार्फत हुने हुदाँ आगामी २ वर्ष भित्र नेपाली जहाज १२ राष्ट्रबाट उडान भर्ने गरी काम गरेको बताए । पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थल निधा समयमा नै सम्पन्न हुने बताउँदै मन्त्री अधिकारीले विमानस्थल निर्माणसँगै यस क्षेत्रको पर्यटकीय विकासमा महत्वपूर्ण टेवा पुग्ने बताए ।

मन्त्री अधिकारीले अन्य मन्त्रालयमा भन्दा पर्यटन मन्त्रालयको काम उत्तकृत्ट रहेको दावी गरे । मन्त्री अधिकारीले समाजद्वारा निर्मित सूर्यचन्द्र वाटिकाको उद्घाटन तथा विभिन्न व्यक्तीहरुलाई सम्मान गरेका थिए । सूर्यचन्द्र विकास समाजका अध्यक्ष गायत्री भुर्तेलले समाजले सामाजिक सेवामा आफूलाई निरन्तर क्रियाशील बनाएको बताउँदै नवनिर्मित सूर्यचन्द्र वाटिका सात लाख ५० हजारको लागतमा निर्माण गरेको जानकारी दिइन् ।

कमेन्टहरु
Loading...