कास्की क्षेत्र नं.२ मा समाजवादीको उम्मेदवार ई.धर्मराज गुरुङ

पोखरा, १७ कार्तिक/ मंसिर १४ गते कास्की क्षेत्र नं. २ मा हुने प्रतिनिधीसभा सदस्यको उपनिर्वाचनमा बैकल्पिक राजनीतिक शक्ति दावी गरिरहेको समाजवादी पार्टीले इञ्जिनियर धर्मराज गुरुङलाई उम्मेदवार बनाएको छ।

समाजवादी पार्टीको केन्द्रीय समितिकिो पदाधिकारी बैठकले आइतवार विहान कास्की क्षेत्र नं. २ मा भुपू सैनिक पृष्ठभुमिका पार्टीका प्रदेश सदस्य गुरुङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। समाजवादी पार्टी गण्डकी प्रदेशले गुरुङसहित केन्द्रीय सदस्य तथा प्रदेश उपाध्यक्ष हेमबहादुर थापा किरण र अर्का केन्द्रीय सदस्य रामबहादुर नेपालीलाई सिफारिस गरेको थियो। यस्तै गरी बाग्लुङमा हुने प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि अशोककुमार विश्वकर्मालाई उम्मेदवारी प्रस्तुत गर्ने पार्टीले निर्णय गरेको छ।

को हुन ई.धर्मराज गुरुङ ?

कास्की जिल्ला, पोखरा महानगरपालिका वडा नं. १६ रिँजे नासा (रन्जेत गाँउ) अर्मलामा जन्मनु भएका गुरुङ दिप निवासी हुनुहुन्छ। २४ बर्ष ब्रिटिस सेनाबाट सेवा निवृत्त पश्चात १० बर्ष नेपालमा कम्प्युटर सेल र सर्भिसको व्यवसाय गर्नुभएका गुरुङ १५ बर्ष संयुक्त राष्ट्रसंघमा कार्यरत रहेर अबकास लिनुभयो।उहाँ इलेक्ट्रोनिक्स तथा इलेक्ट्रीकल ईञ्जिनियर हुनुहुन्छ। ब्रिटीस सेनामा कार्यरत रहँदा बिई अध्ययन गर्ने मौका पाउनुभएको हो।

सन् १९७९/८१ मा फानबोरो कलेज अफ टेक्नोलोजी बेलायतबाट डिग्री प्राप्त गर्नुभएको हो । उहाँ ब्रिटिस सेनामा कार्यरत रहदाँ British Empire Medal (BEM) को पदवी पनि प्रिन्स चाल्र्सको बाहुलीबाट प्राप्त गर्नुभयो। उल्लेखित डिग्री र सेनाको पदवीकै कारण उहाँले संयुक्त राष्ट्रसंघमा सेवा गर्ने अवसर पाउनुभयो ।

१५ बर्ष राष्ट्रसंघमा उहाँले Electronics Data Processing (EDP) / Telecommunications Department df Officer In Charge को जिम्मेवारी लिएर सुरुदेखि कार्यरत रहनुभयो।सन् २०१०मा संयुक्त राष्ट्रंघबाट अवकासपछि विश्वका धेरै मुलुकको राजनीतिलाई नजिकबाट बुझ्दै आएनु भएको गुरुङले देशको राजनीति किन अस्तव्यस्त, संवेदनहीन, गैरजिम्मेवार भन्ने चिन्ताले एउटा सचेत नागरिक कारणले मुलुकका लागि केही योगदान दिनुपर्दछ भनि राजनीतिक क्षेत्रमा सरिक हुनु भयो। राजनीति मात्रै होइन समाजसेवामा तल्लिन हुनुभयो। उहाँले विगतदेखि मुलुकको सत्ता संचालन गरिरहेका कम्युनिष्ट, काँग्रेस कै मुलुक दुर्गतिमा पुगेको, भ्रष्टचार, कमिशन, ढिलासुस्ती, असुरक्षा, हिंसा, बलात्कार जस्ता अपराधले बढावा पाएको मात्रै नभई अविकासको कारण पुराना पार्टीहरु नै हो, मुलुक समृद्ध बनाउने हो भने बैकल्पिक पार्टी जरुरी छ भन्ने महसुस गर्नुभयो।

मुलुकलाई अग्रगतिका साथै समृद्ध बनाउने, विभेद अन्त्य गरी समानता प्रदान गर्ने इच्छाशक्ति समाजवादी पार्टीमा मात्रै उहाँको ठहर छ।

स्वच्छछबी, इमान्दार, स्वाभिमानी र मुलुक समृद्ध बनाउने इच्छाशक्तिसहित आफु उपनिर्वाचनमा समान ऐन कानुन, सुशासन, समृद्धि र सम्मुन्नत समावाद स्थापित गर्न प्रत्यासी बनेको बताउनुहुन्छ। पर्यटन, कृषि, खेलकुद, दिगो विकास र सुसँस्कृत सामाजिक परिपार्टीबाटै समाज, क्षेत्र र देशलाई समृद्धिको मार्गमा लम्काउन पहल गर्ने उम्मेदवार गुरुङ प्रतिवद्ध हुनुहुन्छ।

भुपू सैनिकहरुको साझा संस्था गोर्खा कम्युनिटी पोखराका अध्यक्ष समेत रहनुभएका, भिमकाली पाटन तमु समाजका पुर्व अध्यक्ष गुरुङ प्रतिनीधिसभामा ऐन कानुन निर्माण, क्षेत्र र मुलुक विकास गर्नका लागि आफुले उम्मेदवार बनेको भन्नुहुदै जनताका सेवा र विकासका लागि आफ्नो उम्मेदवारी भएको बताउनुहुन्छ।भ्रष्टचार, कमिशन र मुलुकलाई दुर्गतिमा पुर्याउनेहरुलाई कडा कानुन बनाएर कारवाही गर्न गुरुङले जोड दिने बताउनुहुन्छ।

कमेन्टहरु
Loading...