नेपाली कांग्रेस प्रदेश सभापति कोइराला सचिवमा केसी

पोखरा, ३० फागुन/ नेपाली कांग्रेस कास्की १ ख को प्रदेश समिति गठन टुंगिएको छ । नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिको निर्णयअनुसार स्थानीय तह संगठन पुनर्संंरचनाको व्यवस्था र निर्देशिका २०७६ अनुसार संघीय संरचनामा व्यवस्था भएको संरचनाअनुरुप रुपान्तरण गर्ने निर्णय भए बमोजिम स्थानीय संगठनको समायोजनअन्तर्गत कार्यसमिति एवं पदाधिकारी चयन टुंगिएको हो ।

प्रदेश समिति सभापतिमा कृष्णप्रसाद कोइराला, उपसभापति मायादेवी तझ्या, सचिव सरोज केसी, कोषध्यक्ष श्रीकृष्ण लामिछाने, सहसचिव टेकबहादुर कार्की, सदस्यहरु जानकीदत्त अधिकारी, क्याप्टेन फत्तेबहादुर गुरुङ, विष्णुप्रसाद शर्मा, लोकबहादुर गुरुङ, रामप्रसाद तिमिल्सिना, तारा बराल, रामलाल सुनार, देवेन्द्रमोहन भट्टराई, दुर्गाराज विक, विष्णुप्रसाद सुवेदी, सूर्यमोहन सापकोटा, प्रकाश गुरुङ गरी १७ सदस्यीय समिति चयन भएको छ ।

सचिवमा निर्वाचित केसी लामो समय विद्यार्थी आन्दोलन जेल, नेल र युवाबीच लोकप्रिय नेता हुन् । उनी हाल जनप्रतिनिधि एवं मादी गाउँपालिका सार्वजनिक लेखा समितिका सभापति समेत हुन् ।सभापति/उपसभापतिसहित विधानत स्वतः चयन भए पनि सचिव लगायतको समिति सर्वसम्मत चयन गरिएको हो ।

यसैबीच, नयाँ कार्यसमितिको शुक्रबार पहिलो बैठकले कांग्रेसले हरेक वडामा ५० प्रतिशत नयाँ क्रियाशील सदस्यता वितरण गर्ने भएको छ । कांग्रेस केन्दीय कार्यसमिति बैठकले हरेक वडा तहमा ५० प्रतिशत नयाँ क्रियाशील सदस्यस्यता वितरण गर्ने निर्णय गरेको हो । प्रत्येक वडामा जनसंख्याको बनोटलाई आधार बनाएर समानुपातिक हिसाबले क्रियाशील सदस्य वितरण गर्ने निर्णय गरेको जनाइएको छ ।

कमेन्टहरु
Loading...